आइसोलेसनमा राख्नुपर्नेलाई क्वारेन्टाइनमा

कोरोना संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका युवालाई क्वारेन्टाइनमा राखिएको छ।

गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको सोमबार सार्वजनिक भएको थियो।

उनीसँगै जहाजमा ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका १ युवा पनि आएका थिए । ती युवा फ्रान्सबाट आएर एक रात काठमाडौंमा बसी भोलीपल्ट बागलुङ आएका थिए।

उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर पछि गाउँले भयभित भएका छन् । उनीसँग आएका भकुण्डेका अर्का एक जनालाई पनि क्वारेन्टाइनमा राख्न सुरक्षाकर्मी परिचालित भएको वागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।

धौलागिरी अन्चल अस्पतालमा २ आइसोलेसन वार्ड बनाइएको छ । उनीहरुलाई आइसोलेसनमा राख्नुपर्ने भए पनि आवश्यक प्रबन्ध मिलाउन बाँकी भएकाले क्वारेन्टाइनमा राखिने भएको हो ।