कोरोना संक्रमित २ नेपाली निको भए

संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना संक्रमित २ नेपालीको उपचार सफल भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको तर उनीहरूले स्वास्थ्य लाभ गरेको जानकारी दिएको हो।

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख डा फरिदा अल होसेनीले पत्रकार सम्मेलन आयोजना गरी २ नेपालीसहित ३ जना व्यक्ति निको भएकी जानकारी दिएकी हुन्।