पौने ४ लाख संक्रमित, १६ हजार ५ सयको मृत्यु

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरै विश्व प्रभावित भएको छ। विश्व स्वास्थ्य संगठनका अुनसार १८६ देश कोरोना भाइरसबाट प्रभावित भइसकेका छन्।

यो भाइरसको संक्रमणबाट १६ हजार ५ सय ५८ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ८१ हजार ६ सय ४९ जना संक्रमित भएका छन् । १ लाख ९ सय ५८ जना घर फर्केका छन्।

संक्रमित बिरामीको संख्यामा पहिलो नम्वरमा अहिले पनि चीन नै रहेको छ । चीनमा ८१ ह्जार १ सय ७१ जना संक्रमित छन्। त्यस्तै इटालीमा ६३ हजार ९ सय २७ जना कोरोना भाइरस संक्रमित रहेको उल्लेख छ ।

त्यसपछि अमेरिका ,स्पेन,जर्मनी,इराक र फ्रान्स धेरै संक्रमित हुने सूचीमा छन्। ज्यान गुमाउनेमा इटालीमा पहिलो नम्वरमा छ। इटालीमा हालसम्म ६ हजार ७७ जनाले ज्यान गुमाएका छन् । दोस्रो नम्वरमा चीन छ। चीनमा ३ हजार २ सय ७७ जनाले ज्यान गुमाएका छन्।