स्वास्थ्य

डा. केसी बिरुद्ध अनशन बसेका थापा आत्मसमर्पण गर्दै !

डा. गोविन्द केसीको गत अनशन बिरुद्ध अनशन बसेका विजय थापाले प्रहरी सामु आत्मसमर्पण गर्ने भएका छन्।  उनले डा. केसीको स्वास्थ्य शिक्षा विधेयकका लागि बसेको अनसन बिरुद्धमा अनसन बसेका थिए। उनको अनसन प्रश्नहरुको घेरामा भने रहेको थियो। विजय थापाले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र (डिन) कार्यालयका डिन डा. जगदिश अग्रवालमाथि कालो मोसो दलेको घट्नाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँदै प्रहरी प्रशासनमा आत्मसमर्पण गर्ने घोषणा गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन… पुरा पढौ

थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज अब नेपालमै

मानव शरीरलाई घात गर्ने तत्व (एन्टिबडी) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया अब नेपालमै सम्भव भएको छ । नेपाल मेडिसिटी अस्पतालले मिर्गौला, मुटु र फोक्सोमा समस्या देखिएका एक ३३ वर्षीय पुरुष बिरामीको सफल उपचार गरेपछि यो उपचार प्रक्रिया सम्भव देखिएको हो । रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करीब दुई घण्टा लागेको थियो । मिर्गौला, छाती, मस्तिष्क, नशा, फोक्सो, सेप्सिस, इन्डोक्राइनका बिरामी केही हदसम्म… पुरा पढौ

कार्तिक १ गतेबाट सुत्केरीलाई भत्ता, कति पाइन्छ ?

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुति सेवाका लागि आउने महिलाका लागि सुत्केरी भत्ता पुनः सुचारु हुने भएको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भक्ता समेत वितरण हुन सकेको थिएन् । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले कार्तिक १ गतेबाट प्रसुति सेवा लिन आउने महिलाका लागि सुत्केरी भत्ता दिने भएको हो । स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता २ करोड बजेट निकाशा भएको र कार्तिक १… पुरा पढौ

कम्मर दुखेर हैरान हुनुहुन्छ ?

कमर दुख्ने समस्या आजभोलि सामान्य जस्तै भएको छ । वृद्धवृद्धाहरुलाई मात्र नभएर युवामा पनि यो समस्या देखिन थालेको छ । कम्मर दुखाइ बढ्नुको कारण व्यस्त जीवनशैली र शारीरिक व्यायाम वा काम नगर्नु हो । धेरैजसो मान्छेहरुको कम्मरमध्ये भाग र तल्लो भाग बढी कम्मर दुखाइको महसुस गर्छन् । यो समस्या कम्मरको दुवै भाग र हिप्ससम्म पनि फैलिन सक्छ । जति जति उमेर बढ्दै गयो त्यति नै कम्मर दुःखाइको समस्या बढ्दै जान्छ… पुरा पढौ

टीका थाप्‍नेलाई मात्र होइन, लगाइदिनेलाई पनि हुन सक्छ एलर्जी

मान्यजनबाट टीका थाप्ने र आर्शीवाद लिएर मनाउने पर्व हो दसैं । तर दसैंमा लगाएको टीकामा प्रयोग हुने रङले हामीलाई एलर्जी देखिने गरेको छ । टीका लगाएको स्थानमा चिलाउने हुन्छ वा रातो भएर फोका आउँछ । यदि त्यस्तो समस्या आउने भएमा टीकामा प्रयोग गरिएको रंगको एलर्जी भएको हुनसक्छ । टीकामा हामीले कस्तो रङ्हरु प्रयोग गरिरहेका छौँ । हामीले टीका बनाउन प्रयोग गर्ने रंगले एलर्जी गराउने हुन्छ ।  पहिला–पहिला प्राकृतिक रङहरु बनाएर… पुरा पढौ

खाली पेटमा लसुन र अदुवाको चिया पिउनुहोस् : क्यान्सर र मुटुरोगबाट बच्नुहोस्

लसुन र अदुवामा एन्टिबायोटिक तत्व भरपुर मात्रामा पाइन्छ जसले शरिरमा रोगप्रतिरोधी क्षमताको विकास गर्दछ । लसुन र अदुवालाई तरकारीमा हालेर खानुका साथै यसको चिया पनि बनाउन सकिन्छ । यसमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट गुण भएका कारण यसको चियाले शरिरलाई निकै फाइदा पुर्याउँछ । यसले मुटुरोग र क्यान्सरका साथै विभिन्न रोगबाट जोगाउँछ । लसुन र अदुवाको चिया पिउनुका फाइदा यस्ताः मोटोपना कम गर्छः यसले शरिरमा भएको टक्सिन बाहिर निकाल्न सहयोग गर्दछ जसका… पुरा पढौ

नून, चिनी र मैदाले हृदयघात बढाउन सक्छ, सतर्क बनौं

जाडो याम नजिक आउँदैछ । यो मौसममा मुटुरोगका विरामीले विशेष ध्यान दिनु आवश्यक हुन्छ । मुटुरोगको खतरा वास्तवमा गलत जीवनशैलीका कारण हुने गर्छ । ब्लडप्रेसर बढ्नु, मुटुको चाल बढ्नु या घट्नुले हृदयरोगको प्रारम्भिक संकेत हो । तपाईंले यदि समयमै सावधानी अपनाउनु भएन भने भविष्यमा हर्ट एट्याक, कार्डियाक अरेस्ट, हार्ट फेलियर तथा स्ट्रोकजस्ता गम्भीर अवस्था उत्पन्न हुन सक्छ ।  हृदयरोगका विशेषज्ञहरुका अनुसार खानेकुरामा नूनको बढी प्रयोग हानिकारक हुन्छ । नूनलाई केवल स्वाद… पुरा पढौ

शाकाहारी भोजनका पनि यस्ता बेफाइदा

शाकाहारी खाना मुटुका बिरामीको समस्यालाई कम गर्न सक्ने भए पनि यसबाट ‘स्ट्रोक’ को समस्या बढ्ने एक अध्ययनले देखाएको छ । १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका मानिसमा गरिएको अध्ययनले यस्तो देखाएको हो ।  बेलायती ‘मेडिकल जर्नल’ मा प्रकाशित अध्ययनअनुसार एक हजार मांशाहारी भोजन गर्ने मानिसको तुलनामा शाकाहारी खाना खाने मानिसको मुटुको धमनीमा हुने समस्या १० जनामा हुने र प्रति हजार तीन जनामा उक्त समस्या देखिने जनाइएको छ । डाइट एक्सपर्टका… पुरा पढौ

दशैंमा मासु कति खाने ? राति नखाँदा राम्रो

मासु कति खाने भन्दा सामान्य जस्तो लाग्छ । तर, यो जटिल विषय हो । मासु खान नजान्दा शरीर धेरै रोगको घर बन्ने गर्छ । स्वस्थ शरीरका लागि स्वस्थ मासु अत्यावश्यक पर्छ, तर खाने मात्रामा नियन्त्रित नहुँदा समस्या निम्तिन्छ । जे खाइन्छ त्यो पचाउन सकियो भने मात्रै शरीरमा सकारात्मक प्रभाव रहने हो । मासु या अन्य जुनकुनै खानामा पनि यो लागू हुन्छ । तर, पचाउन नसक्ने गरी मासु खानु बढी घातक… पुरा पढौ

मासु पोल्न नजाने डरलाग्दो क्यान्सर !

दसैँ र मासु एकअर्काका पर्यायजस्तै भइसकेको छ । दशैं लाग्नासाथ घरका भान्सामा मासु पाक्न सुरू भइसकेको छ । घरका भान्साहरुमा बोसोयुक्त र डढेपोलेका मासु पाक्दैछ भने आजबाटै रोक्नोस्, त्यस्ता मासुले क्यान्सर रोगको जोखिम पनि निम्त्याउन सक्ने विज्ञहरुले औँल्याएका छन् । उनीहरुले पोलेका, डढेका र बोसोले भरिएका मासु नखान सुझाव दिएका छन् । विज्ञहरुका अनुसार मासुसँगै खाइने मदिरा र सुर्तीजन्य पदार्थ सेवनले क्यान्सरको जोखिम अझ बढाउँछ । बीपी कोइराला मेमोरियल क्यान्सर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं