स्वास्थ्य

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पोखरेल नियुक्त

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा वरिष्ठ चिकित्सक रोशन पोखरेल नियुक्त भएका छन्  । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट ११औँ तहमा कार्यरत वरिष्ठ मनोचिकित्सक पोखरेललाई सो पदमा नियुक्त गरिएको हो । निवर्तमान महानिर्देशक सुशीलनाथ प्याकुरेलले भदौ २१ गतेदेखि उमेरहदका कारण अवकाश लिएका थिए । महानिर्देशक पदमा १२औँ तहको चिकित्सक हुनुपर्ने प्रावधान छ । एघारौँ तहका वरिष्ठतम् भएकाले पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिइएको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनी लामो सयमदेखि विराटनगरस्थित… पुरा पढौ

थाहा नपाएरै हुन सक्छ बालबालिकाको आँखामा क्यान्सर

बालबालिकामा थाहा नै नपाएर लाग्ने रोग हो, रेटिनोब्लास्टोमा अर्थात् आँखाको क्यान्सर । यो क्यान्सर बालबालिकामा जन्मजात नै आउने क्यान्सर भएकाले जन्मेको केही सातादेखि ५ वर्षभित्र देखिन्छ । अझ विशेषगरी ३ वर्षमुनिका बालबालिकामा देखिने सम्भावना ९० प्रतिशत हुन्छ । यो क्यान्सर वंशाणुगत रुपमा देखिने हुन्छ । यो क्यान्सर आँखाको नानीको भागबाट पलाउने र अन्ततः आँखाको पूर्ण भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्छ । साथै उपचार ढिलो भएमा शरीरको अन्य भागमा पनि फैलिएर… पुरा पढौ

डंगुबारे फेरि टोल टोलमा अभियान

पोखरा महानगरमा डंगुको त्रास बढिरहेकै छ । शुक्रबारसम्म पोखरामा १२ सयभन्दा बढीमा डंगु फेला परेको छ । उपचारमा नआएका अझै ठूलो संख्या बिरामी हुनसक्ने आकलन छ । महानगरमा डंगुका बिरामी बढिरहदा पोखरा १७ मा मात्रै १ सय ४ जनामा डंगुरोग पहिचान भएको छ । एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबारे यसअघि सचेतना अभियान चलाइसकेको पोखरा वडा नं. १७ ले फेरि अभियान सञ्चालन गर्ने भएको छ । वडालाई ६ भागमा… पुरा पढौ

डेंगी संक्रमणका बिरामीको घरेलु उपचार

- ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने |- शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ |- प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने |- मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने |- प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने |- बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ |- रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने… पुरा पढौ

नेपालमा पहिलो पटक पाठेघरमा रहेको ट्युमर बिनाशल्यक्रिया उपचार

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोस्ष्टिहरुले नेपालमै पहिलो पटक पाठेघरमाभएको फाइबरलाई युटेराइन आर्टरी कोइम्बोलाइजेसन गरी उपचार गरिएको छ । एक ३७ वर्षिय महिलालाई यो उपचार गरिएको हो । उनको पाठेघरमा बहुसंख्यामा ट्युमर थिए । यो पद्धतिमा पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निश्क्रिय पारिन्छ । उपचारमा संलग्न चिकित्सकमध्येक एक डा. ओमबिजु पन्तले यस किसिमको अभ्यास नेपालमा यसअघि नभएको बताए । उनले पहिलो पटक भएको अभ्यास सफल भएको भएकोमा… पुरा पढौ

बाथ रोग तन्नेरी महिलामा बढी !

परिचय : बाथरोग भन्नाले कुनै एउटामात्र रोग नभएर विभिन्न रोगहरूको संकलनलाई बुझाउँछ । अहिलेसम्म १०० भन्दा बढी प्रकारका बाथरोगहरू पत्ता लागिसकेको छ । यो रोग प्रायःजसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ । हाम्रो शरीरमा बाहिरी जीवाणुसँग लड्नका लागी विशेष कोशिकाहरू हुन्छन् । जब कुनै कारणवश यी कोशिकाहरूले आफ्नै शरीरका विभिन्न अंगहरूलाई आक्रमण गर्न थाल्छन्, त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरूमा बाथरोग, डाइबेटिज, थाइराइड तथा अन्य रोगहरू पर्दछन् । कारण… पुरा पढौ

पक्षे अस्पतालका सुत्केरीलाई जन्टाको सचेतना

अन्तर्राष्ट्रिय संस्था जन्टाले बिहीबार पोखरामा आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी सचेतना कार्यक्रम आयोजना गर्यो । जन्टा १०० वर्ष पुगेको अवसर पारी एरिया–२, डिष्ट्रिक्ट २५ अन्तर्गत पोखरा क्लबले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको सुत्केरी महिलालाई सचेतना कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा सुत्केरी भएपछि गर्नपर्ने काम, बच्चालाई दूध खुवाउने तरीका, सुत्केरी महिलाको आहार, स्वास्थ्य र सरसफाई सम्बन्धी जानकारी गराईएको हो । सुत्केरी महिलालाई प्रशिक्षण दिंदै संस्थाकी डिमार्टमेन्ट चिफ गंगा शाक्य रञ्जितले… पुरा पढौ

अब एक हजारमै डेङ्गुको जाँच

परीक्षणमा मनपरी शुल्क लिएका चितवन भरतपुरका केही निजी अस्पतालमा जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन गरेको छ । छवटा निजी अस्पताल अनुगमन गरिएको हो । प्रशासनले अनुगमनका क्रममा अस्पतालमा प्रयोग भएको कीटको मूल्य र बिरामीसँग लिएको मूल्य दाँजेको थियो । जसमा अधिकांश अस्पतालले तीन सयआसपास मूल्यका कीट प्रयोग गरेको भए पनि बिरामीबाट १५ सय शुल्क लिने गरेको भेटिएपछि प्रशासनले कालोबजारीमा मुद्दा चलाउने चेतावनी दिएपछि निजी अस्पताल सञ्चालकहरु आफैँ प्रमुख जिल्ला अधिकारीलाई… पुरा पढौ

डेंगु सुरुवा रोग होइन, लामखुट्टेमार्फत् सर्छ

डेंगु सुरुवा रोग होइन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु… पुरा पढौ

काक्रो खानुहोस्, छालाको समस्या र कव्जियतबाट बच्नुहोस् (अन्य १० फाइदासहित)

खानालाई स्वास्थ्यबर्धक बनाउने हो भने त्यसमा काक्रोको समावेशलाई अनिवार्य मानिन्छ । हुन त परम्परागत रुपमै पनि संसारभर कांक्रो पोषकतत्वको एक अंगको रुपमा रहदै आएको छ । विभिन्न अध्ययनले पनि कांक्रोमा निम्न तत्व हुने पुष्टि गरिसकेका छन् । काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउनुको साथै कब्जियतको समस्या पनि हल गर्छ । जानौं कांक्रोका १० फाइदा : १. शरीरमा पानीको कमी हुन दिदैन कांक्रोमा ९५.२ प्रतिशत पानी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं