स्वास्थ्य

साहिद वासु र वैरागीको स्मृतिमा भोलि बिहान रक्तदान

राष्ट्रिय युवा संघ कास्कीले जनयुद्धका सहिद सुरेश वाग्ले बासु र भीमसेन पोखरेल९बैरागी० को स्मृति दिवसमा पोखरामा खुला रक्तदान आयोजना गर्ने भएको छ । संघले सोमबार बिहान ७ः३० बजेबाट पृथ्वीचोकमा रक्तदान आयोजना गरेको युवा संघका नेता पूर्ण लामाले जानकारी दिए । उनले रक्तदानमा सहभागी हुन सबैलाई आग्रहसमेत गरेका छन् । वाग्ले नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धमा सहिद हुने सबैभन्दा उच्च तहका नेता हुन् । पुरा पढौ

पोखरामा निकै घातक सेतो पुतली आतंक, त्यसले छोए यसरी गुम्छ आँखाको ज्योती

पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् ।  यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए । विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक हुने चिकित्सक बताउँछन् । यो पुतली… पुरा पढौ

दूधमा बेसार मिसाएर पिउनुको यी चमत्कारी फाइदा

दूध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्तिनै बेसार पनि । यी दुबैमा औषधीय गुण पनि हुन्छ । कति यस्ता चिज हुन्छन्, जो आफैमा स्वास्थ्यबर्द्धक हुन्छ । तर, अर्को त्यस्तै बस्तुसँग मिश्रण गर्दा त्यसको गुण हराउँछ वा त्यसले उल्टो असर गर्छ । तर, दूध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ । बिगतमा चिसो लाग्दा दूधमा बेसार मिसाएर पिइन्थ्यो । तर, यसले शरीरको चिसो मात्र हटाउने काम मात्र गर्दैन, अरु… पुरा पढौ

कृषि मन्त्रीलाई पनि डेंगु, अस्पताल भर्ना

कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ।रगत जाँचका क्रममा डेंगुको संक्रमण देखिएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको खनालका प्रेस संयोजक बोमलाल गिरीले बताए । गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै रुघाखोकी लाग्ने र ज्वरो आउने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उनको रगत परीक्षण गरिएको थियो।डेंगु भएको पुष्टी भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको हो । पछिल्लो समय देशका विभिन्न भागमा डेंगुको समस्या छ। साउनयतामात्रै झन्डै २५ सय जनामा… पुरा पढौ

लेखनाथ सिटी–सिद्धार्थ इन्स्योरेन्स सम्झौता

सिद्धार्थ इन्स्योरेन्स र पोखरा २६ बुढीबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटलबीच स्वास्थ्य बिमा सम्झौता भएको छ । मंगलबारसम्झौतामा इन्स्योरेन्सको तर्फबाट रिजनल म्यानेजर सुनयना पालिखे र लेखनाथ सिटीको तर्फबाट हस्पिटल अध्यक्ष सञ्जय कार्कीले हस्ताक्षर गरे । व्यक्तिगत स्वास्थ्य बिमा अन्तर्गत बिमा गर्नेले १ हजार ७ सय ५० रुपैयाँ तिरेपछि १ लाखसम्मको स्वास्थ्य बिमा १ वर्षसम्म प्राप्त गर्ने छन् । यस अवधिभित्र अकस्मात बिरामी हुँदा लेखनाथ सिटीवाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब, औषधि,… पुरा पढौ

अस्पतालमै मिर्गौलाको यस्तो धन्दा

निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ । ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगलले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन)को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो । श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा कुशल र अनुभवी चिकित्सक मानिन्छन् । उनले हजारौं मिर्गौला बिरामीको उपचार गरिसकेका छन् । श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढङ्गले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ । यसरी… पुरा पढौ

प्रधानमन्त्रीको स्वास्थ्य : छैटौंपटक प्लाज्माफेरेसिस गरियो

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारकाक्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ ।  १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आंकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया शुरु भएको हो ।   प्राप्त जानकारीअनुसार दिन बिराएर गरिराखिएको रगत शुद्धीकरणसँग सम्बन्धित उपचारको क्रम बुधबार समाप्त हुनेछ ।  यसअघि प्रधानमन्त्रीले बिहीबार आराम गरेर शुक्रबार स्वदेश फर्कने कुरा भए… पुरा पढौ

चुरोट छोड्न सक्नुभएको छैन ? यस्ता छन् ५ सजिला उपायहरू

धुम्रपानको सेवनबाट वर्षेनी विश्वमा धेरै मानिसले ज्यान गुमाउँछन् । धुम्रपान सेवनलाई नियन्त्रण गर्न सरकारले विभिन्न नीति नियम तथा योजना बनाइएर कार्यान्वयन गरिरहेको भए पनि धुम्रपान गर्नेको संख्यामा कमि आएको छैन । कैयौं व्यक्तिहरूले धुम्रपानको लतबाट हट्न धेरै प्रयास गरिरहेपनि सफल हुँदैनन् । धुम्रपानको कुलतबाट कसरी छुटकारा पाउने ? उपाय निम्न छन् :१. बिहान उठ्नासाथ २ गिलास मनतातो पानी कागती र मह राखेर पिउनाले धुम्रपानको लत हटाउन सकिन्छ । २. जब… पुरा पढौ

‘हिमाल चढ्दै डेंगु, नियन्त्रण गर्न कठिन’

पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेंगु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो एकल प्रयासले मात्र सम्भव नहुने जनाएको छ । अघिल्लो आवमा १ हजार ८ सय ३४ जनामा देखिएको सो रोगको संक्रमण चालू आवको १ महीना १२ दिनमा १ हजार ५ सय ३७ जनामा प्रमाणित भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग संक्रमण हुने गर्दछ । १० हजारमध्ये १हजारमा मात्र रोगको लक्षण… पुरा पढौ

डेंगु हुँदा के हुन्छ ? यसबाट कसरी बाच्ने ?

काठमाण्डौ, पोखरा, चितवन लगायत देशका अधिकांश ठाउँमा डेंगु ज्वरो फैलिएको हुँदा बिशेष सतर्क हुन आवश्यक छ |- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुकने हुन्छ | मुख्य लक्षणहरु अचानक ठूलो ज्वरो आउनु - आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु - सबै शरीर दुख्नु - घांटी बस्नु - साना बिमिरा आउनु - शरीर चिलाउनु - वाकवाकी लाग्नु / वान्ता आउनु - छटपटी हुनु - रिंगटा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं