ताजा समाचार

भाद्र २० गते २०७६

दूधमा बेसार मिसाएर पिउनुको यी चमत्कारी फाइदा

दूध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्तिनै बेसार पनि । यी दुबैमा औषधीय गुण पनि हुन्छ । कति यस्ता चिज हुन्छन्, जो आफैमा स्वास्थ्यबर्द्धक हुन्छ । तर, अर्को त्यस्तै बस्तुसँग मिश्रण गर्दा त्यसको गुण हराउँछ वा त्यसले उल्टो असर गर्छ ।

तर, दूध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ । बिगतमा चिसो लाग्दा दूधमा बेसार मिसाएर पिइन्थ्यो । तर, यसले शरीरको चिसो मात्र हटाउने काम मात्र गर्दैन, अरु धेरै फाइदा गर्छ ।

कसरी पिउने ?

बेसार शुद्ध र मिसावट नभएको हुनुपर्छ । साथै, दूध पनि ताजा र जैविक हुनुपर्छ । सकेसम्म प्याकेटको दूध पिउनुहुन्न । दूध उमालेपछि तर निकाल्नु पर्छ । त्यसमा एक चिया चम्चा बेसार मिसाएर पिउन सकिन्छ । दूधलाई तातो अवस्थामा पिउनु राम्रो मानिन्छ ।

कहिले पिउने ?

कुनैपनि खानेकुरा कुन समय खाने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । जस्तो दही स्वास्थ्यका लागि राम्रो हो तर, राती सुत्नुअघि दहीको सेवन प्रत्युत्पादक हुन्छ । ठीक यसैगरी दूधको सेवन चाहि राती सुत्नुअघि गर्न सकिन्छ । बेसार मिश्रण गरिएको दूध राती पिउनु लाभदायक मानिन्छ ।

कलेजको बिषाक्त पदार्थ हटाउँछ

दूधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ ।

पाचन यन्त्र चुस्त राख्छ

दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ । तर, धेरै फ्याट भएको दूध सजिलै पच्दैन ।

हड्डी बलियो बनाउँछ

बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ ।

क्यान्सरसँग लड्ने क्षमता

बेसारमा करक्यूमिन रहेको हुन्छ । यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ । त्यसैले दूध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।

राम्रो निन्द्रा लाग्छ

यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ ।

अल्सरमा उपयोगी

दूध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ । अल्सर, डाइरिया र अपच हुन दिदैन ।

महिनावरीमा हुने दुखाईबाट छुटकारा

बेसार भएको दूध पिउदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ ।


Loading...