स्वास्थ्य

घाँटी दुख्छ ? यसो गर्नुहोस् ।

मौषम परिवर्तनका कारणले गर्दा मानिसको स्वास्थ्यमा विभिन्न खालका स्वास्थ्य समस्याहरु आउने गरेको हुन्छ , त्यसमध्ये हाम्रो समाजमा एक पटक घाँटी नदुखेका मानिस बिरलै होलान्। धुलो, धुवाँ र फोहोरमैलाको प्रदूषणले महामारीको रुप लिन लागेको बेला त यसको प्रकोप झनै बढ्दो छ। सडकमा पदयात्री एवं बाहन चालकहरुले धुलोबाट बच्न मकुन्डोधारी बन्न विभिन्न किसिमका मास्कहरु लगाउनुपर्ने बाध्यता बढ्दो प्रदूषण र त्यसको खराबीबाट बच्ने चेतावनीको सूचक मान्नुपर्छ। हुन त घाँटी दुख्नु, थुक निल्न गाह्रो… पुरा पढौ

इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्षसम्बन्धी कार्यशाला

मणिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाईफ सपोर्ट कोर्ष सम्बन्धी कार्यशाला भएको छ । अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाईफ सपोर्ट कोर्ष सम्बन्धी कार्यशाला पोखरामा नै पहिलो पटक भएको हो । कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न्यूरोसर्जिकल रोग सम्बन्धी समस्या र रोगको समाधानको विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं मणिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख डा. बालगोपाल कर्मचार्यले जानकारी दिए । उनका अनुसार कार्यशालामा विशेषगरी टाउको र मस्तिष्कको चोट पटक,… पुरा पढौ

उपशाखा १० द्वारा निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा निशुल्क आखाँ शिविर सम्पन्न भएको छ । “सेवानै धर्म हो“ भन्ने मुल नाराका साथ विश्व रेडक्रस दिबसको अबसरमा वडा नं १० भित्र रहेका जेष्ठ नागरिकहरूको आँखा परिक्षण गर्नुका साथै निशुल्क उपचार गरिएको हो । पोखरा महानगरपालिका वडा नं(१० का वडा अध्यक्ष राज कुमार गुरुङ्गले उपशाखा १० ले गरेको यो मानविय कार्यले जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा टेवा पुगेको बताए । उनले वडाबासिहरूको लागी यहि… पुरा पढौ

हेमजामा साढे ५ सयको सित्तैमा जाँच

पोखरा २५ हेमजामा स्थित हेमजा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो हेमजाको आयोजना एवं गरिमा विकास बैंक लिमिटेड हेमजा शाखाको सहआयोजना शनिबार भएको शिविरमा ५ सय ५० जनाको सित्तैमा जाँच गरिएको छ । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)पोखराको प्राविधिक सहयोगमा थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो । २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले सफल जीवन र समृद्धिका लागि रोगबाट बच्नुपर्ने उल्लेख गरे । वरिष्ठ… पुरा पढौ

प्रेसर लो छ, यसरी बढाउनुहोस्

रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पु¥याउन सक्छ । प्रेसर लो भएको महसुस हुनासाथ यसो गर्नुपर्छःनुनपानी खानेनुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ ।कफीब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ । यदि सधँै प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने… पुरा पढौ

‘महिनावारी बार्नु या बार्न लगाउनु हिंसा हो’

पोखराको माउन्ट अन्नपूर्ण माविमा मर्यादित महिनावारीबारे सचेतना तथा अन्तरक्रिया भएको छ । मदन पुरस्कारबाट सम्मानित तथा सामाजिक अभियन्ता राधा पौडेलले सहजीकरण गरेको कार्यक्रममा कक्षा ८, ९ र १० का करीब २ सय ५० विद्यार्थी र शिक्षक शिक्षिका सहभागी थिए । महिनावारीबारे अहिलेसम्म स्कूलमा यसरी खुलेर कसैले बहस, वार्ता वा चर्चा नगरेकाले सुरुमा विद्यार्थीले केही संकोच मानेका थिए । तर सामुदायिक स्वास्थ्यकर्मी समेत रहेकी राधाको सहज र सरल शैलीबाट प्रभावित भएका… पुरा पढौ

मुस्ताङ, लो-घेकर गापालाई पहिलो प्लास्टिक मूक्तक्षेत्र घोषणा

मुस्ताङको ५ स्थानीय तह मध्ये सबैभन्दा बढी छायाँमा परेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले हालै ५ वटै वडालाई खुला प्लास्टिक मूक्तक्षेत्र घोषणा गरेको छ ।गत माघमा गाउँपालिका स्तरीय अध्ययन अवलोकनका क्रममा भारतको सिक्किम पुगेको टोलीले त्यहाँको सिको गर्दै गाउँपालिकालाई प्लास्टिक मूक्तक्षेत्र घोषणा गर्न सफल भएको हो । गाउँपालिकाले कार्यपालिकाको बैठक बसेर यस्तो निर्णय गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । गाउँपालिकालाई कसरी सुन्दर,सफा र वातावरणमैत्री राख्न सकिन्छ भन्ने सिक्किमले धेरैकुरा सिकाएको… पुरा पढौ

आँखा फर्फराउनुको राज जान्नुस्

आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ। आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ। कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ। महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने  गरिन्छ। तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो। यसमा आँखाको परेला फरफराउँछ।… पुरा पढौ

कति मह, कसरी सेवन गर्ने ?

महको सेवनले स्वास्थ्यलाई फाईदा त गर्छ तर कति सेवन गर्ने भन्नेबारे जान्न अत्यन्त्यै आवश्यक छ । महको प्रयोग विभिन्न रोग निवारणमा प्रभावकारी मानिन्छ । महको नियमित सेवन गर्दा यौन क्षमता बढाउनुका साथै यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसका अलवा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन, खोकी, कब्जियतजस्त रोग निको पार्न मह उत्तिकै उपयोगी मानिन्छ । अल्सरका रोगीले नियमित महको सेवन गर्दा निको हुन सहज हुन्छ… पुरा पढौ

सुत्केरी गराएपछि सालनाल पनि सुत्केरीकै झोलामा हाल्नुपर्ने बाध्यता

एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गा प्लासेन्टा (सालनाल) को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरिएको छ । फोहरजन्य पदार्थ नष्ट गर्ने कन्टेनरको व्यवस्था स्वास्थ्य केन्द्रको आसपासमा केही पनि नभएकाले प्लासेन्टा नष्ट गर्न सुत्केरीलाई नै दिनुपर्ने बाध्यता भएको हो । अस्पतालबाट सालनाल झोलामा बोकेर घरतर्फ लैजान अनुरोध गर्दा धेरैजसो सुत्केरीका अभिभावक रिसाउने गरेको प्रसूति सेवातर्फकै स्वास्थ्यकर्मी उषा सुवेदीले बताउछन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं