स्वास्थ्य

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–६ राधाकृष्ण फुटबल चौर अगाडि पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल ठेलासँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ना २४ प ५७६९ नं को मोटरसाइकल दुर्घटनामा सर्लाहीको घुर्कौली घर भएका ५२ वर्षका कुशहरी मैनालीको ज्यान गएको प्रहरीले जनाएको छ । मैनालीलाई घटनाहुने बित्तिकै गढीमाइ अस्पताल ल्याएपनि मृत्यु भएको थियो । पुरा पढौ

डा. केसीको गएरातिदेखि रक्तचाप कम हुँदै

१६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीका गएरातिदेखि रक्तचाप कम हुँदै गएको छ । शरिरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले जाँचेका थिए । चिकित्सकहरुले उनको शरिरमा चिनीको मात्रा घटेको शंका गरेका छन् । तर, डा. केसीले चिनी परीक्षण गर्न मानेका छन् । डा. केसी इलामको फूलगाछीमा १६ औं सत्याग्रहमा बसेको आज तेस्रो दिन हो । अहिले ९ बजे इलाम जिल्ला अस्पतालका चिकित्सकले पुनः डा. केसीको… पुरा पढौ

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ नयाँ डाइलासिस मेसिन

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृर्गौला रोगीलाई सहज उपचार दिन ६ वटा हेमोयाइलासिस मेसिन थप गरेको छ । ९ वटा मेसिनबाट उपचार गर्दै आएको प्रतिष्ठानले बिहीबार ६ वटा मेसिन थप गरी सेवा दिन सुरु गरेको छ । एउटा मेसिनबाट १ दिनमा ३ जनालाई सेवा दिन सकिन्छ । नयाँ मेसिन थप हुँदा कठिन अवस्थाका थप बिरामीलाई सेवा दिन सकिने प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले बताए । अस्पतालमा अब दिनमा ४५ जना र… पुरा पढौ

स्कुल जाँदै गरेकी किशोरीमाथि चक्कु प्रहार

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ पिपरपाती- सुर्यपुरा सडक खण्डमा बिहीबार बिहान करिब ९ बजे एक छात्रा माथी चक्कु प्रहार भएको छ । चक्कु प्रहार बाट छात्रा सामान्य घाइते भएकी छिन । उक्त छात्राको दाहिने हात र निधारमा सामान्य चोट लागेको छ । अहिले छात्राको स्थानिय क्लिनिकमा उपचार भइरहेको परिवारले जनाएको छ । साइकल बाट विद्यालय जाँदै गरेकी अनिता केवट माथी उखुबारीमा कालो पट्टीले मुख बाधेर लुकेर बसेका तीन… पुरा पढौ

वैदेशिक रोजगारीमा गएका एक बर्षमा८७८नेपालीको मृत्यु

वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ ।अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको मूख्य कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ ।एक वर्ष यतामात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, यूएईमा १ सय ३,… पुरा पढौ

सरकारले शक्ति दुरुपयोग ग¥यो : थापा

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकपछि आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा गोविन्द केसीसँग भएको सम्झौता र आम जनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गरे । सांसद थापाले सरकारले केही मेडिकल व्यवसायीका लागि नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै… पुरा पढौ

आगलागीबाटआमासहित दुई बालकको मृत्यु

बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका… पुरा पढौ

बिरामीलाई म्याद गुज्रेको स्लाइन

सर्लाही सदरमुकाम मलङ्गवामा रहेको सर्लाही अस्पतालमा बिरामीलाई म्याद गुज्रेको स्लाइन दिइएको फेला परेको छ । पखला लागेर उपचार गराउन अस्पताल पुगेकी मलङ्गवा–३ की ४५ वर्षीया उषा देवीलाई म्याद गुज्रेको आर एल स्लाइन पानी दिएको भेटिएको छ । सोमबार बिहान उपचार गराउन अस्पताल पुगेकी उषालगायत अन्य तीन जनालाई चिकित्सकले म्याद गुज्रेकै स्लाइन पानी चढाइरहेको भेटिएको हो । बिरामी परेपछि घरका व्यक्तिले अस्पताल पु¥याएको र पछि आफू जाँदा स्लाइन पानी म्याद गुज्रेको… पुरा पढौ

डाक्टर र पत्रकारलाई हातपात गर्ने डन बद्री

सहकर्मी डाक्टरलाई केही दिनअघि हातपात गरेका डा. बद्रि पौडेलले सोमबार साँझ पत्रकारलाई पनि दुव्र्यवहार र हातपात गरेका छन् । पृथ्वीचोकको चरक मेमोरियल अस्पतालमा कार्यरत डा. पौडेलले फेवा टेलिभिजनका स्टेसन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनारमाथि दुव्र्यवहार र हातपात गरेका हुन् । केही दिनअघि डा. बद्रि लगायतले डा. ऋषिराम ढकाललाई अस्पतालमै हातपात गरेका थिए । सोही विषयमा रोपोर्टिङ गर्न पुगेका अधिकारी र सुनारमाथि डा. पौडेलले अभद्र व्यवहार गरेका हुन्… पुरा पढौ

पूर्व सांसद जयन्तीको गोली हानी हत्या

भारतीय जनता पार्टी(भाजपा) गुजरात इकाईका पूर्व उपाध्यक्ष तथा पूर्व सांसद जयन्ती भानुशालीको गोली हानी हत्या गरिएको छ ।  मंगलबार बिहान आक्रमणकारीले गुडिरहेकाे ट्रेनमा गोली हानी भानुशालीकाे हत्या गरेका हुन् । भुजबाट अहमदाबाद जाँदै गरेका भानुशालीको घटनास्थलमै मृत्यु भएको थियो ।  उनलाई कटारिया र सुरजबरी स्टेशनको बीचमा रहेको बेला गोली हानिएको थियो ।  उनको आँखा र छातीमा गोली लागेको थियो । घटनापछि ट्रेनलाई अहमदाबाददेखि कालुपुर स्टेशन ल्याइएको थियो । कोचलाई रेलबाट अलग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं