नेपाल मेडीसिटी अस्पतालले नयाँ वर्ष २०१९ को उपलक्ष्यमा मुटुरोगीलाई सघाउन विशेष अभियान सुरु गरेको छ । मुटुरोगीले प्रत्येक शुक्रबारको बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञहरुसंग निःशुल्क परामर्श लिन पाउने छन् ।
अधिकांश मानिसमा मुटुरोगको लक्षण महसुस नहुने र समस्या हँुदाहँुदै पनि त्यसबारे थाहा नहुने भएकाले मुटुरोगीको संख्या बढ्दै गएको छ । यो अभियानले बेलैमा समस्या पहिचान र उपचारमा टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपाली समुदायमा अझै पनि समस्या नदेखिएसम्म अस्पतालमा उपचार गर्ने बानी नरहेकाले स्वस्थ अवस्थामा पनि उपचार गरी ढुक्क रहन यस अभियानले प्रेरीत गर्ने छ । मुटुसम्बन्धी समस्याबारे परामर्शका लागि आउनुपूर्व नाम दर्ता गर्न नेपाल मेडीसिटी अस्पताल व्यस्थापनले अनुरोध गरेको छ ।
परामर्शसँगै थप परीक्षण गर्नुपर्ने भएमा अस्पताललले विशेष सहुलियतसमेत प्रदान गर्नेछ । सो परीक्षणमा इसिजी, इको, ¥यान्डम ब्लड सुगर, लिपिड प्रोफाइल, र क्रिएटिनाइन छन् ।
आगामी ३ महिनासम्मका लागि कायम रहने यो अभियानबाट मुख्यतः ४० वर्ष उमेरमाथिका जोकोहीले पनि लाभ लिन सक्नेछन् ।





