स्वास्थ्य

बालिकाको कलेजो फेर्न ४ चार लाख

जन्मदा नै कलेजोमा प्वाल रहेकी ६ महिनाकी सियाना पुनको कलेजो प्रत्यारोपणका लागि बेलायतबाट ४ लाख ३४ हजार ७ सय २० रुपैयाँ जुटेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान घर भई हाल पोखरा २७, लेखनाथ निवासी प्रदीप रन्तिजा पुन र रेश्मा पुनकी जेठी छोरी सियानाको कलेजो प्रत्यारोपणका लागि बेलायतमा संकलित सहयोग रकम नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष एवं लोक तथा दोहोरी गायक सुरेन्द्र गुरुङमार्फत आइतबार हस्तान्तरण गरिएको हो ।… पुरा पढौ

गण्डकीका स्वास्थ्य निर्देशनालय प्रमुख घूसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा प्रमुख डा तारानाथ पौडेललाई घूससहित पक्राउ गरेको छ । उनी स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहमा कार्यरत थिए । डा. पौडेललाई १ लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । उनले जागिर लगाइदिन्छु भनी घूस लिएको अख्तियारले जनाएको छ । डा. पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकसमेत भएका थिए । महानिर्देशक हुनका लागि पनि… पुरा पढौ

उपचारका लागि अध्यक्ष प्रचण्ड अस्पतालमा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुग्नुभएको छ । केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ । पुरा पढौ

लाहाचोकमा निशुल्क दन्त शिविर

लायन्स क्लब अफ हेमजा र लियो क्लब अफ हेमजाको आयोजनामा  माछापच्छ्रे  गाउँ पालिका–४ लाहाचोकमा निशुल्क दन्त शिविर भएको छ ।कान्तिपुर डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा महेन्द्र मावि, ज्ञान ज्योति वोर्डिङ स्कूल, देउराली निमावि भिरकटेरा तथा स्थानीय गरी करिव ३ सय ५० जनाले सेवा लिएका थिए । शिविरमा कान्तिपुर डेण्टल हस्पिटलका डा.सृष्टि सापकोटाको समूहले दन्त परिक्षण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि  माछापच्छ्रे गाउँ पालिका वडा नं. ४… पुरा पढौ

शे–फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किए उपराष्ट्रपति

सम्माननीय उपराष्ट्रपतिज्यूले कर्णालीको विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण तथा कार्यक्रमहरुमा सहभागी भएर काठमाडौं फर्कनु भएको छ । ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ चल्दै गर्दा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शे–फोक्सुण्डो ताल र रारा लगायतका पर्यटकीय क्षेत्र प्रवद्र्धन कार्यक्रममा भाग लिएका छन् । उनले दुई दिने कर्णाली भ्रमणको क्रममा विभिन्न कार्यक्रमलाई संबोधन गर्दै कर्णालीको समृद्धिको लागि पर्यटन प्रवद्धर्न गर्नुपर्ने बताए । उपराष्ट्रपति पुनले बुधबार विहान डोल्पाको शे–फोक्सुण्डो तालको किनारामा आयोजित शे–फोक्सुण्डो… पुरा पढौ

गुप्तेश्वर क्याम्पस सेनेटरी प्याडयुक्त कलेज घोषणा

 गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा सेनेटरी प्याड युक्त क्याम्पसका रुपमा घोषणा भएको छ।लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको सन्दर्भ पारेर उक्त घोषणा गरिएको हो । क्याम्पसमा ३ अगाडिदेखि पुरानो भवनमा सेनेटरी प्याड ब्यवस्थापन गरिए तापनि नयाँ भवनमा बुधबार घोषणा गरिएको हो । कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि वडा नं १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले वडा भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरुमा चाडै नै सेनेटरी प्याड युक्त शैक्षिक संस्थाका रुपमा घोषणा गरिने प्रतिवद्दता जनाउनु… पुरा पढौ

उपराष्ट्रपति पुन रारामा

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले समृद्ध नेपाल बन्नका लागि समृद्ध कर्णाली बन्नुपर्ने बताउनुभएको छ । प्राकृतिक स्रोत साधनले सम्पन्न कर्णाली प्रदेशलाई समृद्ध बनाउन सके नेपाल आफै समृद्ध बन्ने उहाँको भनाई छ । ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’को अवसरमा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा कर्णाली प्रदेशको भ्रमणको क्रममा मंगलबार जुम्लाको भिन्ना भिन्नै स्थानमा आयोजित कार्यक्रमलाई संबोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले कर्णालीको समृद्धिमा जोड दिनु भएको हो । उहाँले मंगलबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु… पुरा पढौ

मणिले खोले मियाँपाटनमा क्लिनिक

पोखराको मियाँपाटनमा रहेको अन्नपूर्ण क्लिनिकले सेवा सुरुआतको अवसरमा सित्तैमा मधुमेह जाँच गर्ने भएको छ । मंसिर १२ गतेदेखि १ हप्तासम्म क्लिनिकमा आएका बिरामीको मधुमेहको जाँच सित्तैमा गरिने सञ्चालक मणि न्यौपानेले बताए । मधुमेह धेरै रोगको मुहान भएको र अहिले मधुमेहका बिरामी उच्च दरमा बढेकाले शिविर आयोजना गरेको उनले बताए । न्यौपानेले भने, ‘मधुमेह हुुनु अगावै सचेतना, भइसकेकालाई समयमै उचित उपचार र खानपान भए यसलाई नियन्त्रण गर्न सकिन्छ ।’ सो अवधिमा… पुरा पढौ

शिक्षासेवी थापा रहेनन्

पोखरा ९ नयाँबजार निवासी शिक्षासेवी रामबहादुर थापाको सोमबार निधन भएको छ । १ महिनादेखि बिरामीले थला परेका थापाको ६८ वर्षमा निधन भएको हो । उनका श्रीमती, छोरा र ४ छोरी छन् । उनका छोरा धीरज पोखरा वृहत सरसफाइ अभियानका अभियन्ता र नागरिक समाज पोखराका सदस्य हुन् । लामो समय सिमलचौरमा रहेको जनप्रिय माविका प्रधानाध्यापक रहेका थापा नेपाली स्काउट, समीप्य समाज, एम्नेस्टी इन्टरनेसनल, चिल्ड्रेन नेपाल लगायतका संस्थामा आवद्ध थिए । थापाको… पुरा पढौ

नबिलका ग्राहकलाई ३ लाखको स्वास्थ्य बीमा

नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा ३ लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आइतबारदेखि लागू भएको आइतबार आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ । बैंकले २५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयाघात, मिर्गौला खराबी, कोमा, स्ट्रोक, मुटु… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं