मुस्ताङको जोमसोम अस्पतालमा सहुलियतदरको फार्मेसी संञ्चालनमा आएको छ ।घरपझोङ गाउपालिका जोमसोमको पहलमा पहिलो पटक फार्मेसी संञ्चालनमा आएको हो । फार्मेसीले अब कम्पनी एमआरपी मूल्यमा औषधी बिक्रि बितरण गर्ने जनाएको छ ।
गाउपालिकाले फामेसी संञ्चालनार्थ चालु बजेट मार्फत कर्मचारी तलबभत्ता उपलब्ध गराईएको छ ।यसका लागि गाउपालिकाले ३ लाख ५० हजार बिनियोजन गरेको हो ।यस्तै, अस्पताल व्यवस्थापन समितिको अस्पताल सुदृढिकरण कार्यक्रमको २४ लाख बजेट मध्येबाट ४ लाख ९० हजार फार्मेसी खरिदका लागि उपलब्ध हुनेछ ।जिल्ला अस्पताल जोमसोममा सोमबार सहुलियत फार्मेसी उद्घाटन गर्दे गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनले गरिब तथा बिपन्न जनतालाई लक्ष्यगरी सहुलियत फार्मेसी संञ्चालनमा आएकोमा सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरे ।उनले फामेसी आवश्यकताको महशुस आफुले धेरै अघिबाट गरेको बताउदै ढिलै भएपनि यसले पूर्णता पाएको बताए ।कुनै पनि कार्य सुभारम्भ गर्नु अघि यसको दिर्घकालिन संञ्चालन चूनौतिपूर्ण हुने उल्लेख गर्दै सांसद गौचनले अस्पताल व्यवस्थापन समिति र स्वास्थ्यकर्मी टिमबीचको समन्वय महत्वपूर्ण रहने सुझाए ।सांसद गौचनले जिल्ला अस्पतालको हालको १५ शैयाको अस्पताललाई २५ शैयामा बिस्तार गर्न प्रदेश सरकार संग पहल गरेको जानकारी दिए । मुस्ताङमा ब्लड बैंक आवश्यक भएको औल्याउदै सांसद गौचनले यसका लागि प्रदेश स्तरबाट आफुले प्रयास गरेको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले प्रदेशको सामाजिक बिकास मन्त्रालयले आफुलाई अस्पतालको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताए ।उनले आफ्नो कार्यकालमा अस्पतालको चौतर्फी सुधारका लागि बिकृति बिरुद्ध अप्रेशन चलाउने उल्लेख गरे ।
उनले अस्पतालको भबिष्य र यसको बिकासका लागि आफ्नो टिम लागि पर्ने जनाए ।जिल्ला समन्वय समितिकी प्रमूख छिरिङ ल्हामो गुरुङले जिल्लामा फार्मेसी स्थापना हुनु गौरवको बिषय भएको बताईन् ।उनले फार्मेसीले मुस्ताङबासीलाई राहत पुग्ने जनाईन् ।
घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा गाउपालिका कटिबद्ध रहेको जानकारी दिए ।उनले फार्मेसीमा कर्मचारीका लागि ३ लाख ५० हजार,अस्पतालको बिविध कार्यक्रममा २९ लाख गाउपालिकाले बिनियोजन गरेको बताए ।
गाउपालिकाको वडा १ चिमाङमा सेवाकेन्द्र ईकाई संञ्चालनमा आएको र वडा ३ मा तैयारी भईरहेको जनाए ।जोमसोमको ठिनी र मार्फा स्वास्थ्यकेन्द्र भवनमा प्रि होमडेलिभरीका लागि पूर्वाधार संम्पन्न भएको उल्लेख गरे ।
मुस्ताङका सिडियो गंगाबहादुर क्षेत्रीले नीति र कार्ययोजना तयार भएपनि कार्यान्वय पक्ष महत्वपूर्ण हुने बताए ।सरकारले श्रोत साधन जुटाएपनि कर्मचारीको अल्छिपनाले आम नागरिकले सेवा प्राप्त गर्न बञ्चित हुनु परेको उल्लेख गर्दे उनले फार्मेसी मुस्ताङवासी लगायत आम पर्यटकको हितमा हुनुपर्ने सुझाए ।
भौतिक पूर्वाधार तथा जनसंख्याका दृष्टिले अस्पतालको व्यवस्थापन राम्रो भएपनि सेवा सुविधा प्रभावकारी नभएको उनको भनाई छ ।सिडियो क्षेत्रीले सरकारले उपलब्ध गराउने ७० बिधाका औषधि बाहेक अन्य औषधी फार्मेसीबाटै सुलभ मूल्यमा उपलब्ध हुनुपर्ने जनाए ।
यसअघि चिराग फार्मेसी पोखराबाट उपलब्ध ३ थान ह्वील चियर र जरो नाप्ने डिजीटल थर्मोमिटर गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले अस्पताल र स्वास्थ्य ईकाईलाई हस्तान्तरण गरे ।अस्पतालका वरिष्ठ डा.सन्तोष देवले ईमरजेन्सी रुम,ल्याब,पिउनेपानी तथा सरसफाई आदीलाई प्राथमिकतामा राखेको बताए ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन बृजकिशोर चौरासियाले गरे ।