स्वास्थ्य

भालुको आक्रमणबाट दुई घाइते

 जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला भालुको आक्रमणबाट घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिए । रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ । मंगलबार बिहान गाउँ नजिकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको जनाएकाे छ। घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन… पुरा पढौ

अब पाँच–पाँच वर्षमा डाक्टरको लाइसेन्स नवीकरण

डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो । यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो। तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ। सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ। ‘यसअघि… पुरा पढौ

लायन्स पोखरा भृकुटीको रक्तदान

लायन्स क्लब अफ पोखरा भृकुटीको आयोजनामा भएका मंगलबार भएको रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ का निवर्तमान गर्भनर धनराज आचार्यले पहिलो रक्तदाता प्रहरी जवान दिलबहादुर शाहीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्की उपसभापति तथा ब्लड बैंकका संयोजक डण्डराज शर्मा, लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष जितेन्द्रमान शाक्य, नयाँबजार सांस्कृतिक समिति अध्यक्ष शम्भुलाल श्रेष्ठ,… पुरा पढौ

लक्ष्मी आदर्श सेनेटरी प्याडयुक्त 

पोखरा महानगरपालिका २७ को लक्ष्मी आदर्श बहुमुखी क्याम्पसलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ । नवआगन्तुक विद्यार्थीको सम्मानमा मंगलबार भएको कार्यक्रममा सामाजिक जागरणका लागि नारी अभियानको पहल र पोखरा महानगरपालिकाको सहयोगमा यस्तो घोषाणा गरिएको हो । विद्यार्थी कल्याणकारी समिति अध्यक्ष प्रतिमा अधिकारीलाई सेनेटरी प्याड हस्तान्त्रण गर्दै वडाध्यक्ष पूर्णकुमार गुरुङले महिला स्वास्थ्यका लागि सबै सजक हुनुपर्नेमा जोड दिए ।अब छिट्टै वडाका सबै स्कुललाई पनि सेनेटरी प्याड युक्त बनाउने प्रतिवद्धता उनले जनाए ।… पुरा पढौ

पत्रकार महासंघमा सेनेटरी प्याड व्यवस्थापन

नेपाल पत्रकार महासंघ कास्कीको कार्यलयमा सेनेटरी प्याड व्यवस्थापन गरिएको छ । महिला मैत्री कार्यलयका लागि पत्रकार महासंघले सेनेटरी प्याड व्यवस्थापन गरेकाे हाे । कास्कीका उपाध्यक्ष विमला भण्डारीलाइ पुर्व केन्द्रीय सदस्य तथा अभियन्ताले हस्तान्तरण गरि घाेषणा गरिएको हाे । कार्यक्रममा पत्रकार तथा सुचना अायुक्त यसाेदा तिमिल्सिना , अग्रज पत्रकार वद्री विनोद प्रतिक,कृष्ण वास्ताेला,नवराज सुवेदी, केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, अध्यक्ष दिपेन्द्र श्रेष्ठ , प्रदेश कार्यवहाक अध्यक्ष शान्ति गुरुङ,संचारिका अध्यक्ष जमुना शर्मा ,जिल्ला… पुरा पढौ

यस कारण बढेको हो बलात्कार

सुन्दर भविष्य बनाउने उद्देश्य लिएर पढ्न गएकी छोरी, आफ्नो परिवारलाई गरिबीबाट माथि उठाउनका लागि जागिर गर्न गएको छोरी वा साथीहरूसँग मेला घुम्न गएको छोरी सकुशल घर फर्किने हो कि होइन भन्ने चिन्ताले हरेक आमाबुवालाई सताइरहेको हुन्छ । आमाबुवालाई चिन्ता हुनुको विभिन्न कारणमध्ये बलात्कार एउटा ठूलो चिन्ताको बिषय हो । आजभोलि बलात्कार हुने त्राश धेरै दिदीबहिनीलाई हुने गर्छ । किनभने कतै पाँच वर्ष भन्दा मुनिकी नानी बलात्कृत भएकी छिन् भने कतै… पुरा पढौ

नौ देशका बरिष्ठ न्यूरो सर्जनको जमघट

 नोबेल शिक्षण अस्पतालमा न्यूरो सर्जनहरुको दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा भएको सम्मेलनमा नौ देशका बरिष्ठ न्यूरो सर्जनहरु भेला भएका थिए । कार्यक्रममा ब्राजिल, ईङ्ल्याण्ड, जापान, चिन, भारत, पाकिस्तान, अफ्रिका, क्यानडा र नेपालका करिव ३० जना बरिष्ठ न्यूरो सर्जन सहभागि थिए । उनीहरुले कार्यक्रममा सहभागि नेपाल, भारत, पाकिस्तान लगायत देशका न्यूरो सर्जरी… पुरा पढौ

जोमसोम अस्पतालमा सहुलियत फार्मेसी

मुस्ताङको जोमसोम अस्पतालमा सहुलियतदरको फार्मेसी संञ्चालनमा आएको छ ।घरपझोङ गाउपालिका जोमसोमको पहलमा पहिलो पटक फार्मेसी संञ्चालनमा आएको हो । फार्मेसीले अब कम्पनी एमआरपी मूल्यमा औषधी बिक्रि बितरण गर्ने जनाएको छ । गाउपालिकाले फामेसी संञ्चालनार्थ चालु बजेट मार्फत कर्मचारी तलबभत्ता उपलब्ध गराईएको छ ।यसका लागि गाउपालिकाले ३ लाख ५० हजार बिनियोजन गरेको हो ।यस्तै, अस्पताल व्यवस्थापन समितिको अस्पताल सुदृढिकरण कार्यक्रमको २४ लाख बजेट मध्येबाट ४ लाख ९० हजार फार्मेसी खरिदका लागि… पुरा पढौ

पोखरा ५ का सबै स्कुल सेनेटरी प्याडयुक्त

पोखरा ५ का सबै शैक्षिक संस्थालाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ । शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा सोमबार उक्त घोषणा गरिएको हो । महानगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष धनबहादुर नेपालीले वडा ५ भित्रका सम्पूर्ण शैक्षिक संस्था प्याडयुक्त घोषणा गर्दै यसको कार्यान्वयनमा जोड दिए । उनले देख्दा सानो भए पनि संवेदनशील विषय रहेकाले सेनेटरी प्याड व्यवस्थापनमा वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।… पुरा पढौ

‘जीवनदान गरी जन्मदिन मनाऔं

‘स्टार्ट १८ स्टार्स टिम’ले रक्तदान गरी जन्मदिन मनाउने अभियान थालेको छ । टिमले १७ पूरा भएर १८ वर्ष लागेका युवायुवतीलाई आफ्नो जन्मदिनमा रक्तदान गर्न प्रेरित गरेको हो । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको भातृ संगठनको रुपमा गठित टिमले रगत अभाव हुन नदिने अभियानमा जुट्दै आएको टिमका अध्यक्ष हिमाल भट्टराईले जानकारी दिए । रक्तदानको बारेमा जनचेतना जगाउने गतिविधि गरिने महासचिव अकृजा पोखरेल बताइन् । उनले सडक नाटक, प्रशिक्षण र अन्य कार्यक्रम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं