विद्या निकेतन विद्यालय सेनेटरी प्याड युक्त

विद्या निकेतन सेकेण्डरी विद्यालय सेनेटरी प्याड युक्त घाेषणा भएको छ । विद्यालयकाे अायाेजना तथा सामाजिक जागरणका लागि नारी अभियानकाे पहलमा विद्यार्थीलाइ सचेतना सहित घाेषणा गरिएकाे हाे ।

लामाे समयदेखि विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन भैरहेकाे भएपनि शाैचालयमा विद्यार्थीले देखिनेगरी निशुल्क व्यवस्थापन गरिएको हाे । कार्यक्रममा युवा उत्प्रेरक तथा पत्रकार सुष्मा पाैडेलले महिनावारी सम्वन्धि सचेतना सहित सेनेटरी प्याड युक्त अभियानका वारेमा जानकारी गराएकी थिइन् ।

अभियन्ता तथा अधिवक्ता समेत रहेकी पाैडेलले सेनेटरी प्याड, सफा शाैचालय र खानेपानीकाे सम्पुर्ण विद्यालयमा अनिवार्य व्यवस्थापन हुनुपर्ने अावश्यकता समेत अाैलाइन् ।

विद्यालयका प्राचार्य नारायण शर्मा पनेरुले विद्यालयमा निशुल्क प्याडकने व्यवस्थापन गर्ने तथा यस्ता सचेतनाका विषयमा विद्यार्थीलाइ वेलावेलामा सचेतनामुलक कार्यक्रम अायाेजना गर्नेमा जाेड दिए । कार्यक्रम सञ्चालन शिक्षिका कल्पना सापकोटाले गरेकी थिइन् ।