जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला भालुको आक्रमणबाट घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिए ।
रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ । मंगलबार बिहान गाउँ नजिकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको जनाएकाे छ।
घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल लगिएको छ ।