युआरएल : गण्डकीको गौरव

गण्डकी प्रदेश नेपालकै करिब मध्य भागमा पर्छ । पोखरा, मुस्ताङ, बन्दिपुर, गोरखा दरबार लगायतका सुन्दर प्राकृतिक र ऐतिहासिक स्थल रहेको गण्डकी प्रदेशमा मनै लोभ्याउने ताल र हिमशृंखला पनि छ्रन् ।

यो प्रदेशको राजधानी कास्की जिल्लाको पोखरा महानगर यो क्षेत्रकै केन्द्र हो । देशकै ठूलो महानगर पोखराको मध्य भाग सभागृहचोकमा छ युनाइटेड रेफरेन्स ल्याबोरेटरी । युनाइटेड रेफरेन्स ल्याबोरेटरी स्वास्थ्य प्रयोगशाला क्षेत्रमा संक्षिप्त रुप युआरएलबाट प्रसिद्ध छ । युआरएल गण्डकीको पहिलो रेफरेन्स ल्याब हो । विस २०७० सम्म यो प्रदेशमै रेफरेन्स ल्याब थिएनन् । सामान्य ल्याबले दिएका रिपोर्टले काठमाडौं र विदेशका अस्पतालमा मान्यता नपाउने अवस्था थियो । कहिलेकाँही टेस्टको रिपोर्ट नै पनि फरक हुन्थे । यसबाट सेवाग्राहीले सास्ती भोग्नुपथ्र्याे ।

ठाकुरप्रसाद पन्त, प्रबन्ध निर्देशक

हामीलाई यो क्षेत्रको अग्रणी ल्याब यहाँहरुकै विश्वासले बनाएको हो । यहाँहरुबाट प्राप्त हुने सुझाव, सल्लाह र प्रतिक्रिया हाम्रो लागि मूल्यवान छन् ।

रक्त परीक्षणका लागि राजधानी काठमाडौं र विदेश पठाउँदा तापक्रममा फरक पर्ने हुँदा कहिलेकाँही रिपोर्ट नै तलमाथि हुनेगरेको जनगुनासो थियो । रिपोर्ट आउन लामो समय लाग्ने, खर्च बढी हुने, रिपोर्ट आउनुभन्दा अघि नै बिरामीको ज्यानै जानसक्ने जोखिम पनि थियो । यस्ता जोखिम हटाउँदै स्वास्थ्य सेवालाई सहज बनाउन २०७० मंसिर २३ बाट युआरएलले पोखरामै अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको सेवा सुरु ग¥यो ।


कास्की र गण्डकी प्रदेशका अस्पताल, क्लिनिक र पोलिक्लिनिकमा सम्भव नहुने महंगा र संवेदनशील परीक्षण युआरएलमा सुरु भए । लामो समयदेखि हस्पिटल र प्रयोगशालामा काम गरेका पोखरा र काठमाडौंका अनुभवी व्यक्तिवको करिब ३ करोड लगानीमा युआरएल स्थापना भएको हो । समय क्रमसँगै ल्याबको लगानी थपिँदै गएको छ ।

युआरएलले दमौली र बागुलङमा शाखा खोलेको छ । ल्याबको क्षेत्र विस्तार, कर्मचारी थप, नयाँ प्रविधि र मेसिन खरिद गर्दै युआरएल यो क्षेत्रको लोकप्रिय र अग्रणी ल्याब बनेको छ । ५ वर्षको अवधिमा ५ सय बढी चिकित्सक, २ सय जति स्वास्थ्य संस्था र १ लाख २५ हजार बढी सेवाग्राहीको विश्वास युआरएलसँग छ । यसको रिपोर्टलाई राजधानी काठमाडौंका अस्पताल र विशिष्ट विशेषज्ञहरुले समेत मान्यता दिएका छन् ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त विश्वकै अत्याधुकि प्रविधि र मेसिन, दक्ष जनशक्ति र चुस्त व्यवस्थपनका कारण यहाँसम्मको यात्रा सहज भएको बताउँछन् । उनले भने, ‘ल्याबलाई अत्याधुनिक बनाएका छौं । गुणस्तरमा सम्झौता गर्दैनौं ।’

बिरामीको अनुहार हेररै औषधी दिने युग अब रहेन । उपचारका लागि रोग पत्ता लगाउन सबैभन्दा उपयोगी र भरपर्दाे माध्यम हो प्रयोगशाला । युआरएलमा विश्वकै सबैभन्दा उत्कृष्ट मेसिन कोबास इफोर वान वान छ । यसले मेडिकल ल्याब क्षेत्रमा अहिलेसम्मै पछिल्लो र अत्याधुनिक विधि इकिलियाको माध्यमबाट जाँच गर्छ । यहाँ विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट आइएसओ, युरोपियन युनियन(इयु) बाट सिइ र अमेरिकन फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट एफडिए प्रमाणित प्रविधि र रसायन प्रयोग गरी रगत जाँच हुन्छ ।

विश्वकै नाम चलेका अस्पताल र ल्याबहरुले रक्त परीक्षणका लागि यही मेसिन, प्रविधि र रसायन प्रयोग गर्ने गरेका छन् । युआरएलका ल्याब साइन्टिफिक अफिसर भूपेन्द्रराज पाण्डेय मेनुअल सिस्टममा हुनसक्ने गडबडी यसबाट कदापि नहुने बताउँछन् । उनी भन्छन्, ‘यो मेसिनमा डेट गएको रसायन प्रयोग गर्नै मिल्दैन । परीक्षणदेखि रिपोर्ट तयारसम्म अटोमेटिक सिस्टमबाट हुने हुँदा मानवीय कमजोरीले कहिलेकाँही त्रुटि हुने सम्भावना पनि छैन ।’

युआरएलमा विभिन्न विभाग छन् । माइक्रोबायोलोजी विभागमा कल्चर एन्ड सेन्सिटिभिटी गरी कुन किटाणु छ या छैन पत्ता लाइन्छ । कुन औषधीको रसायनले त्यो किटाणु निर्मूल गर्छ र कुनले गर्दैन भनी यकीन गरी रिपोर्ट दिइन्छ ।

बायोक्यामेस्टी विभागमा मृगौला, मुटु, कलेजो, सुगर लगायतका जाँच गरिन्छ । अर्काे विभाग हो सेरोलोजी इम्युनोलोजी । यो विभागमा एचआइभी, हेपाटाइटिस र यौनरोगहरु, विभिन्न हर्माेन, विभिन्न भिटामिन, क्यान्सरका जाँचहरु, थाइराइड, बाँझोपन, बाथ लगायतका जाँच हुन्छन् ।

हिस्टोसाइटो विभाग पनि उत्तिकै महत्व छ । यसमा अप्रेसनबाट निकालिएको मासु, शरीरमा आएका गाँठागुठी र शरीरका विभिन्न भागबाट निकालिएको तरल पदार्थ (बडी फ्ल्युड)मा क्यान्सर, क्षयरोग वा अन्य रोगका जिवाणु भए नभएको यकीन गरिन्छ ।

दिसापिसाबबाट पत्ता लाग्ने रोगहरुको जाँच पारासाइटोलोजी विभागमा गरिन्छ । रगतको संरचना, रक्तकोष र रगतमा हुने तत्वहरुबारे जाँच गर्ने विभाग हो हेमाटोलोजी । युआरएलले स्थापनादेखि नै गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति लिएको छ । इन्टरनल र एक्सटर्नल क्वालिटी कन्ट्रोल गरी गुणस्तर ग्यारेन्टी गर्ने गरिएको छ ।

नेपालमै सबैभन्दा धेरै रोग सम्बन्धी रक्त परीक्षण गर्ने प्रयोगशाला हो युआरएल । नेपालमै सम्भव नभएका विशेष टेस्टहरु सुरु गर्ने ल्याबको श्रेय पनि यसले पाएको छ ।

व्यवस्थापनले युआरएललाई व्यवसाय भन्दा बढी सेवाको रुपमा लिएको छ । स्थापनाकै वर्ष युआरएलले पोखरा २२ पुम्दीपुम्दीको लीला आधारभूत स्कुलमा युआरएल छात्रवृति कोष स्थापना ग¥यो । अंग्रेजी माध्यमबाट ग्रामीण क्षेत्रमा शिक्षा दिइरहेको यो स्कुलमा दर्जनौं विद्यार्थी यो छात्रवृत्ति पाएर पढिरहेका छन् । युआरएल सेवाकै माध्यमबाट सर्वसाधारणसम्म पुगेको छ ।

यसले अहिलेसम्म कास्की र आसपासमा जिल्लामा विभिन्न सामाजिक र स्वास्थ्य संस्थासँगको सहकार्यमा ५५ वटा शिविर आयोजना गरिसकेको छ । यी शिविरबाट ३३ हजारले सित्तैमा सेवा लिएका छन् । युआरएलले आयोजना गर्ने शिविर सँगसँगै विशेषज्ञ डाक्टरबाट विभिन्न रोगबारे सचेतना पनि दिइदै आएको छ ।

युआरएलले हरेक महिना कम्तीमा एउटा शिविर गर्ने गरेको छ । प्रबन्ध निर्देशक पन्त भन्छन्, ‘सर्वसाधारणसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन हामी प्रतिवद्ध छौं ।’ सरकारी स्वास्थ्य संस्थाको सेवा प्रयाप्त नभएको अहिलेको अवस्थामा निजी स्वास्थ्य संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्नै पर्ने उनी बताउँछन् ।

नेपालमै सबैभन्दा धेरै रोग सम्बन्धी रक्त परीक्षण गर्ने प्रयोगशाला हो युआरएल । नेपालमै सम्भव नभएका विशेष टेस्टहरु सुरु गर्ने ल्याबको श्रेय पनि यसले पाएको छ । थाइराइडको विशेष प्रकारको जाँच एन्टी टिएसएचआर नेपालमै युआरएलमा मात्र हुन्छ ।

बदलिदो जीवनशैली र लापरवाही पूर्ण खानपानले नेपाली नसर्ने र दीर्घ रोगहरुको शिकार हुँदै गएका छन् । मानिसमा हार्ट फेलिएर विस्तारै हुन्छ । बेलैमा पत्ता लागे मृत्यु टार्न सकिन्छ । तर हार्ट फेलियर हुने सम्भावना पत्ता लगाउने जाँच पहिले हुँदैनथ्यो । यो सम्भावना पत्ता लगाउने जाँच नेपालमै पहिलो पटक एन्टीप्रोबिएनपी युआरएलले सुरु गरेको हो । फोक्सोको क्यान्सर हेर्ने जाँच साइप्रा २१.१ पनि नेपालमै युआरएएलमा मात्र हुन्छ ।

युआरएलले नेपालमै पहिलो पटक एचइ फोर जाँच पनि आरम्भ ग¥यो । पाठेघरको जाँच सिएवान २५ क्यान्सर बाहेकका अन्य अवस्थामा पनि बढी आउँछ । क्यान्सर यकीन नहुँदा नेपालमा क्यान्सर भनिएका बिरामी विदेश उपचारका लागि जाँदा क्यान्सर नभएको थाहा पाउँदा नेपालका स्वास्थ्य संस्थामाथि प्रश्न उठ्ने गरेको थियो । यसलाई एकीन गर्ने परीक्षण एचइ फोर पनि पनि नेपालमै युआरएलमा मात्र हुन्छ ।

युआरएलले देखेको सपना साकार हुँदै गएको छ । करिब सबैजसो परीक्षण अहिले पोखरामै सम्भव भएका छन् । समय क्रमसँगै पुरानो चलन फेरिएको छ । नेपालमै पोखराको युआरएलमा मात्र हुने यस्ता परीक्षणका लागि राजधानी काठमाडौं र देशका विभिन्न भेगबाट पनि स्याम्पल आउने गरेका छन् ।

युआरएलले परीक्षणको रिपोर्ट इमेलबाट पनि दिने व्यवस्था गरेको छ । युआरएलका गतिविधि र सेवाबारे यसको वेबसाइट डब्लुडब्लुडब्लु डट युआरएल डट कम डट एनपी र आधिकारिक फेसबुक पेज युआरएल नेपालबाट पनि जानकारी पाउन सकिन्छ ।

होल बडी चेक अप र केही महंगा र संवेदनशील जाँचका लागि ठूलो रकम र समय खर्च गरेर काठमाडौं र विदेश जानुपर्ने अवस्था पनि करिब अन्त्य भएको छ ।

युआरएल विस्तारै सबैजसो टेस्ट पोखरामै गर्ने योजनामा छ । सोही अनुसारका प्रविधि, जनशक्ति, मेसिन र व्यवस्थापनमा ध्यान दिइएको छ । प्रयोगशाला क्षेत्रमा भएका नयाँ आविष्कार र पछिल्ला प्रविधि, विधिबारे साप्ताहिक रुपमा अन्तक्रिर्या, समय, समयमा तालिमसमेत आयोजना गरी प्रयोगशालाको जनशक्तिलाई युग सुहाउँदो, दक्ष र सेवामैत्री बनाउने नीति युआरएलले लिएको छ ।

यसको कारोबारको आधा हिस्सा सेल्फ टेस्टको छ । समय समयमा आफूलाई कुनै रोग लाग्ने सम्भावना छ छैन वा रोग लागेको भए त्यसको अवस्था कस्तो भनी पत्ता लगाउन नेपालीहरु आफैं प्रयोगशालामा पुग्ने क्रम बढेको छ । होल बडी चेक अप र केही महंगा र संवेदनशील जाँचका लागि ठूलो रकम र समय खर्च गरेर काठमाडौं र विदेश जानुपर्ने अवस्था पनि करिब अन्त्य भएको छ ।

स्थापनाको आधा दशकमै युआरएलले सेवाग्राही, चिकित्सक र स्वास्थ्य संस्थाको अपार साथ पाएको छ । यसको मुख्य उद्देश्य नै सेवा हो । प्रबन्ध निर्देशक पन्त भन्छन्, ‘हामीलाई यो क्षेत्रको अग्रणी ल्याब यहाँहरुकै विश्वासले बनाएको हो । यहाँहरुबाट प्राप्त हुने सुझाव, सल्लाह र प्रतिक्रिया हाम्रो लागि मूल्यवान छन् ।’