स्वास्थ्य

सिरुबारीमा गोल्डेन सहकारीको स्वास्थ्य शिविर

 गोल्डेन बचत तथा ऋण सहकारी पोखराले १० औं स्थापना दिवसको पावन अवसरमा स्याङ्जाको आँधिखोला १ सिरुवारीमा स्वास्थ्य शिविर गरेको छ । शिविर २ सय ३७ बिरामीको जाँच गरिएको थियो । शिविरमा नाँक, काँन, घाँटी रोग विशेषज्ञ डा. कृष्णप्रसाद कोइराला, डा. कामना चालिसे, डा.विक्रमबाबुु कार्की लगायतको टोलीले जाँच गरेको थियो ।कार्यक्रममा प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङले सहकारले प्रत्यक्ष रुपमा जनतालाई सेवा दिई आर्थिक स्तर उकासेको बताए । आँधिखोला गाउँपालिका उपाध्यक्ष शर्मिला… पुरा पढौ

बेहोस नपारी ट्युमर निकालियो

मिर्गी रोग (छारे रोग) भएका २२ वर्षीय सर्फराजकोमस्तिष्कबाट ट्युमर निकाल्न नेपाली चिकित्सक सफल भएका छन् ।  बाँसबारीस्थित उपेन्द्रदेवकोटा स्मृति नसारोग अस्पतालले बेहोस नपारी पहिलोपटक मस्तिष्कको शल्यक्रियाबाटबोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको आज आयोजित पत्रकार सम्मेलनमाजानकारी दिइयो । नसारोगविज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा श्रेष्ठ, डा सुरज थुलुङ, डा सुरेश सापकोटा, डा सुमन रिजाल र डा लेखजङ्गथापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया गरेका थिए । बेहोस… पुरा पढौ

चार जनाको एकै चिहान : झापाको आगलागी

झापाको शिवसताक्षी नगरपालिका ७ लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्सिर ९ गतेको राती आगलागी भएको हो । खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । ट्याक्टरको लागि राखिएको डिजेलले गर्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए पनि अझसम्म वास्तविक कारण भने खुल्न सकेको छैन। प्रहरीका अनुसार… पुरा पढौ

जुम्ला जान १५० डाक्टर तयार

“दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय सो बुझाइलाई गलत सावित गरिदिएको छ । उसले आफ्ना ४ जना युवा विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाई सरकार र समुदायका लागि नयाँ उदाहरण शुरुआत गरेको छ । सरकारी सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक सेवाको अभाव भएपछि प्रतिष्ठानले विषयगत विधाका फरकफरक चिकित्सक… पुरा पढौ

भ्रममा नअल्झिनुस्; HEPATITIS B र C को सफल उपचार सम्भव छ

आजभोलि धेरै मानिसलाई कलेजोमा समस्या देखिने गरेको छ । कलेजो फेल भएको जसलाई हामी मेडिकल टर्मिनोलोजीमा सिरोसिस अफ लिभर भन्छौं । यसको मुख्य कारण हाम्रो नेपाल जस्तो समाजमा चाहिँ रक्सी नै हो । लामो समयसम्म १० वर्ष वा बढी रक्सी प्रयोग गर्नेहरुलाई कलेजो रोग लाग्ने सम्भावना अधिक हुन्छ । कलेजो रोगका विभिन्न प्रकार र अवस्था छन् । नेपालमा सय जना कलेजोका बिरामी जाँच गर्ने हो भने ९० बढीको कारण चाहिँ… पुरा पढौ

क्यान्सरलाई जितेर नयाँ जीवन

उपचारकारको क्रममा खर्चभन्दा पनि व्यहोर्नुपर्ने तनाव, परिवारका अन्य सदस्यको बसाइ महंगो हुन्छ । डेढ, २ लाखमा ज्यान बच्नु ठूलो खर्च होइन । मेरो बाल्यकाल पोखरा १५, ढुंगेसाँघुमाबित्यो । म २०१५ सालमा जन्मेकी हुँ ।विवाह ३१ सालमा भयो । पहिलाबाल्यकाल र तन्नेरी हुँदा पनि त्यस्तो केहीभएको थिएन । मलाई अरु स्वास्थ्य समस्यापनि केही थिएन । विवाह भएपछि पूरै पारिवारिक जीवनमालागियो । खासै सक्रिय भएर सामाजिककाम गर्न अवसर त पाइनँ । बच्चाहरु… पुरा पढौ

अस्पतालमै गरे वृद्धले आत्महत्या

 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी विभागकाे भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी दिएका छन्। बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं… पुरा पढौ

ड्राइभिङ गर्दा निम्न कुरामा ध्यान दिनुहोस्

सहरिया जीवनबाट दिक्दार भएको मानिसलाई कहिलेकाहीँ ठूला हाइवेमा कार हाक्न पाउँदा मज्जा आउनु स्वाभाविकै हो । मज्जा आउँछ भनेर कतिपयले विनाहोसियारी गाडी चलाइरहेका पनि हुन सक्छन् । यस्तो अवस्थामा दुर्घटना हुने डर उत्तिकैहुन्छ । यद्यपि, हाइवेमा कार हाक्दा यी सावधानी अपनाएमा दुर्घटनाबाट बच्न भने सकिन्छ स् – तपाईं लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने बढी थकाइ हुन्छ । यसले गर्दा निद्रा लाग्छ । अनि दुर्घटना हुन सक्छ । तसर्थ, हाइवेमा गाडी कुदाउँदा आराम गर्दै वा साटो… पुरा पढौ

क्यान्सर पीडित सुजनलाई सहयोग

 तीन वर्षदेखि अर्बुद्ध रोगसँग जुधिरहेका पोखरा महानगरपालिका–१० बुद्धचोक निवासी २४ वर्षीय सुजन पुनलाई ‘पुन समाज नेपाल, बेलायत तथा कोरिया’ले आर्थिक सहयोग गरेको छ । बेलायत र कोरियामा सङ्कलन भएको रु छ लाख ९५ हजार पुन समाज नेपालका पदाधिकारीले पीडित सुजनलाई हस्तान्तरण गरेका हुन् । बेलायतमा रु तीन लाख ५७ हजार र कोरियामा रु तीन लाख ३८ हजार सङ्कलन भएको समाजका वरिष्ठ उपाध्यक्ष खिमन पुनले जानकारी दिए ।     म्याग्दीको… पुरा पढौ

रामपुरमा ५० बेडको सरकारी अस्पताल

 पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन बनाउन थालिएको छ ।यहाँ सञ्चालनहुँदै आएको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास शय्याको सरकारी अस्पताल बनाउन लागिएको हो । हाल १५ शय्याको क्षमतामा सञ्चालित उक्त अस्पतालले अब घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित क्षमता बढाएर ५० शय्याको सुविधासम्पन्न भवन निर्माणका लागि २२ करोड २२ लाख पाँच हजार ३ सय ८३ को बजेट टुछ्याइएकामा रविना कन्स्ट्रक्सन प्रालि काठमाडौँले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं