सिरुबारीमा गोल्डेन सहकारीको स्वास्थ्य शिविर

 गोल्डेन बचत तथा ऋण सहकारी पोखराले १० औं स्थापना दिवसको पावन अवसरमा स्याङ्जाको आँधिखोला १ सिरुवारीमा स्वास्थ्य शिविर गरेको छ । शिविर २ सय ३७ बिरामीको जाँच गरिएको थियो ।

शिविरमा नाँक, काँन, घाँटी रोग विशेषज्ञ डा. कृष्णप्रसाद कोइराला, डा. कामना चालिसे, डा.विक्रमबाबुु कार्की लगायतको टोलीले जाँच गरेको थियो ।कार्यक्रममा प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङले सहकारले प्रत्यक्ष रुपमा जनतालाई सेवा दिई आर्थिक स्तर उकासेको बताए ।

आँधिखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेलले यस्ता खालका कार्यक्रमले ग्रामीण क्षेत्रका जनताले सेवा पाउने बताइन् ।सहकारीका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्णप्रसाद पोख्रेलले पनि सहकारीबारे बोलेका थिए ।