क्यान्सरलाई जितेर नयाँ जीवन

उपचारकारको क्रममा खर्चभन्दा पनि व्यहोर्नुपर्ने तनाव, परिवारका अन्य सदस्यको बसाइ महंगो हुन्छ । डेढ, २ लाखमा ज्यान बच्नु ठूलो खर्च होइन ।

मेरो बाल्यकाल पोखरा १५, ढुंगेसाँघुमाबित्यो । म २०१५ सालमा जन्मेकी हुँ ।विवाह ३१ सालमा भयो । पहिलाबाल्यकाल र तन्नेरी हुँदा पनि त्यस्तो केहीभएको थिएन । मलाई अरु स्वास्थ्य समस्यापनि केही थिएन ।

विवाह भएपछि पूरै पारिवारिक जीवनमालागियो । खासै सक्रिय भएर सामाजिककाम गर्न अवसर त पाइनँ । बच्चाहरु भए ।श्रीमान् जागिर खाने भएपछि व्यवहारमैव्यस्त भएँ । बाबुहरु बुझ्ने भएर, स्कुलजाने भएपछि किताब पसल राखे किबीबुक सप । करिब २४ वर्ष त्यहाँ काम गरेँ ।काम गर्न नसक्ने भएपछि छाडें ।

मलाई क्यान्सर भएको २०७१ सालअसोजमा थाहा भयो । मेरो देब्रे स्तनमागिर्खा देखियो । असोज महिनामा सोमबारउठेर नुहाउन जान लाग्दा स्तनको भागखुम्चिएको देखें । सोभन्दा एक हप्ताअघि स्तन क्यान्सरबारे अन्तर्वार्ता हेरेकी थिएँ ।बुहारी मेरिनाले छाम्दा पैसा जस्तो पत्तालाग्यो । मलाई त्यो क्यान्सर नै हो भन्नेलाग्यो ।त्यही दिनभर जाच्यौं, हो नै भन्ने पक्काभइहाल्यो ।भिडियो, मेमोग्राफी, एफएनएसीजाँच गरियो । सबै परीक्षणबाट क्यान्सरदेखियो । सिटी स्क्यान गरेपछि खासै अन्य भागमा फैलिएको देखिएन ।

भरतपुरक्यान्सर अस्पतालमा गएर डा. निर्मललामिछानेलाई देखायौं । उहाँले दोस्रोचरणको क्यान्सर छ भन्नुभयो ।जहाँसम्म फैलिएको छ, त्यतिमात्रस्तनफाले हुन्छ भन्ने कुरा भो । हजुरहरुले १००प्रतिशत ग्यारेन्टी गर्न सक्नुहुन्छ भने फाल्दिनँनत्र सबै फाल्छु भनेँ । हामी १०० प्रतिशतभन्न सक्दैनौं डाक्टरले भने पछि पूरै स्तनकाटियो ।

स्तन फालियो, सँगसँगै काँखीका अरुगिर्खासहित फालियो । त्यहाँ पनि फैलिएकोदेखिएन । भरतपुरको त्यो रिपोर्ट लिएरभारतको राजीव गान्धी क्यान्सर हस्पिटलमादेखाइयो । अप्रेसन गरे ठीकै छ, केमो गर्न
नपर्ला भन्ने डाक्टरको कुरा थियो ।नेपालका डाक्टरले चाहिँ केमो गरे फाइदैहुन्छ भने । हामीले घर सल्लाह गरीधानेसम्म केमो चलाऔं भन्ने भो ।
केमो लाउँदो निकै गाह्रो भो । पहिलो,दोस्रो चोटि लगाउँदा त गाह्रो भएन । हरेक २१ दिनमा केमो लगाइन्थ्यो । बिहानजानेबित्तिकै १ सुइ लगाउँथ्यो । ३, ४ वटाकेमो चढाएपछि बल्ल बिरामी भएछु भन्नेलाग्यो ।

घरपरिवारको सपोर्ट नभएको भए त ममरिसक्थे होला । अप्रेसन गर्न भित्र जानेबेलामाश्रीमान् रुनु भो । मैले भनें, ‘योङ हुनुहुन्छ, अर्काे विवाह गरे हुन्छ ।’

मलाईत्यत्रो हिम्मत आएको थियो अप्रेसनमाजाँदा । पछि केमो थप्दै जाँदा कपाल तखसी भुत्ल्याएको जस्तो भयो । आफ्नोअनुहार हेर्दा आफैलाई बिरुप भएँ भन्नेलाग्यो । ३ दिनसम्म उठ्नै नसक्ने भएँ ।

९ वटा किमो चलाइयो । पहिलो हप्ताखाना खान मन नलाग्ने, चर्काे लाग्ने,अनुहार सुन्निने हुन्थ्यो । तेस्रो हप्ता फेरितनाव हुन्थ्यो नयाँ केमो लगाउनुको ।भाग्यवस बिरामी भएर किमो चढाउने मितिभने कहिल्यै सार्नु परेन ।किमोको समयमा अंगुरको जुस खाएँ ।

देखिएको क्यान्सर अप्रेसन गरियो । पूर्णरुपमा नियन्त्रण होस् भनी केमो लगाएकोहो । अप्रेसनको विकल्पमा यो प्रयोग हुन्छ ।बिरामीले धान्न नसक्दा सेकाइ पनि प्रयोगहुन्छ ।हामी बेला बेलामा जाँच्न जान्छौं । अहिले४ देखि ६ महिनामा जान्छौं । जाँदा दुवैस्तनको भिडियो र मेमोग्राफी गर्छाैं । बेला बेलामा रगतको मात्रा जाच्छौं । अहिलेहर्माेनल थेरापी गर्दै छु । यसमा एउटाटयाब्लेट दिनहुँ खानुपर्छ । यो ५ वर्षकालागि हो । फेरि नबल्झियोस् भनेर योऔषधि चलाइएको हो ।

अहिले मलाई समस्याचाहिँ नशाकोदेखिएको छ । नशा दुख्ने, छिटो थकाइलाग्ने, हातखुट्टा अलि गलेर आउँछ । तापनि अहिले म धेरै ठीक छु । २ नातिहरुहेर्ने र घरको हेरचाह गरेकी छु ।केमो सकिएको ६ महिनामा अस्टेलियापुगेर आएँ । कुरिलो, अनार र कालो अंगुरधेरै खाएँ ।

टोलमा गणेश मन्दिर बनाउन,केदारेश्वरको मन्दिर बनाउन पनि योगदानगरें । हामीले त्यो बेला ५ दिन हिडेर ८०हजार जम्मा गरेका थियौं । पछि पण्डित नारायण पोखरेललाई ल्याएर महायज्ञ ग¥यौं ।

समयमा सचेत भए र उपचार गरे क्यान्सरलाग्दैमा डराउनुपर्दैन । उपचार सम्भव रहेछ ।नियमित औषधी खानुप¥यो । ३५ वर्षमाथिका महिलाले वर्ष दिनमा मेमोग्राफी गर्नुपर्छ । योस्क्रिनिब टेस्ट हो । सबैभन्दा सजिलो उपायनुहाउँदा गिर्खा छ कि छैन, नर्मल अवस्थामाछ कि छैन भन्ने हेक्का गर्नु पर्छ ।

पोखराकोमणिपाल र बहिरका केही संस्थामा मेमोग्राफीगरिन्छ । पछि फेरि दोहोरिने, नदोहोरिने कुरा कुन चरणमा क्यान्सर पुगेको छ भन्ने निर्भरहुन्छ ।स्तन क्यान्सरको त्यति धेरै खर्चालु पनिछैन । १ लाख जति सरकारले दिने प्रावधानबनेको छ । महंगो र सस्तो औषधि हुन्छन् ।

उपचारकारको क्रममा खर्चभन्दा पनिव्यहोर्नुपर्ने तनाव, परिवारका अन्य सदस्यकोबसाइ महंगो हुन्छ । डेढ, २ लाखमा ज्यानबच्नु ठूलो खर्च होइन । केमो लगाउँदा केहीभयो भने आइसियुमा बस्दा ठूलो खर्च हुन्छ ।

क्यान्सरको उपचार नेपालमा सस्तो,गुणस्तरीय छ ।बेलैमा सचेत होऔं । आफूलाई स्तन क्यान्सर भएको शंका लागे बेलैमा परीक्षणगरी ढुक्क होऔं । रोग लागेकै रहेछ भने पनि सुरुआती चरणमै उपचार गरौं । उपचारपछिपनि पहिलाको जस्तै जीवन बाच्न सकिन्छ । यसका लागि परिवारको साथ, सजगजीवनशैली र आत्मविश्वास आवश्यकहुन्छ ।

कुराकानीमा आधारित