बेहोस नपारी ट्युमर निकालियो

मिर्गी रोग (छारे रोग) भएका २२ वर्षीय सर्फराजकोमस्तिष्कबाट ट्युमर निकाल्न नेपाली चिकित्सक सफल भएका छन् । 

बाँसबारीस्थित उपेन्द्रदेवकोटा स्मृति नसारोग अस्पतालले बेहोस नपारी पहिलोपटक मस्तिष्कको शल्यक्रियाबाटबोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको आज आयोजित पत्रकार सम्मेलनमाजानकारी दिइयो । 

नसारोगविज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा श्रेष्ठ, डा सुरज थुलुङ, डा सुरेश सापकोटा, डा सुमन रिजाल र डा लेखजङ्गथापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया गरेका थिए । बेहोस पारी शल्यक्रिया गर्दाबोली नै जाने सम्भावना रहन्छ ।