स्वास्थ्य

काठमाडाैं महानगर प्रमुख शाक्यलाइ काेराेना संक्रमण पुष्टि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन । शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेका छन् । पुरा पढौ

प्रतिरक्षा प्रणाली, स्वतः प्रतिरोध क्षमता तथा जोर्नी रोग

हामी एकदम प्रतिकूल वातावरणमा बाँचिरहेका छौं, जुन धूलो, रसायन तथा सूक्ष्मजीवहरू जस्तै, भाइरस, ब्याक्टेरिया र ढुसीहरुले भरिएको छ। तिनीहरूले हामीलाई आक्रमण गर्छन् र हानीपुर्‍याउँछन्। हाम्रो शरीरले लगातार यी आक्रमण र चोट विरुद्ध आँफुलाई बचाऊँछ। यो कार्य प्रतिरक्षा प्रणाली (Immune system) द्वारा प्रभावकारीरूपमा गरिएको हुन्छ। रक्षाको अतिरिक्त, प्रतिरक्षा प्रणालीले अन्य धेरै नियामक कार्यमा पनि भाग लिन्छ। प्रतिरक्षा प्रणाली, कोषहरू, लिम्फोइड अंगहरू र थुप्रै प्रोटिन तथा गैर-प्रोटीनहरू मिलेर बनेको हुन्छ। श्वेत रक्त-कोषिकाहरु… पुरा पढौ

होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु

उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित… पुरा पढौ

मेघा बैंक बगर शाखाकी कर्मचारीलाई कोरोना

मेघा बैंक लिमिटेड बगर शाखामा कार्यरत एक कर्मचारीलाई कारोना भएको छ । पोखरा १० की ३१ वर्षीया ती महिलासहित लमजुङका ६ प्रहरीमा कोरोना पुष्टि भएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९४ पुगेको छ । पुरा पढौ

आइसियुमा उपचाररत पोखरा १४ का संक्रमितको मृत्यु

पोखरा महानगरमा फेरि अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा उपचारका क्रममा शनिबार निधन भएको हो । प्रतिष्ठानमा मृत्यु हुने उनी सातौं कोरोना संक्रमित हुन् । भदौ ७ गते शल्यक्रिया गरिएका ती पुरुषमा १० गते कोभिड १९ पुष्टि भएको थियो । पुरा पढौ

मणिपालका डाक्टरलाई कोरोना संक्रमण

पोखरा महानगरपालिका, फूलबारीमा रहेको मणिपाल अस्पातालमा कार्यरत १ डाक्टरमा कोरोना संक्रमण भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मणिपालका २६ वर्षीय पुरुष डाक्टरलाई कोरोना भएको जनाएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०६५ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जना संक्रमित फेला परेका हुन् । लमजुङको बेशीसहरमा कार्यरत ८ नेपाल प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । पुरा पढौ

पोखरा फेरि थपिए ११ संक्रमित

पोखरा महानगरमा फेरि ११ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तेस्रो अपडेटमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारै पोखरामा कोरोनाबाट १ जनाको मृत्यु र थप ५ जनामा संक्रमण पुष्टि भइसकेको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३६ पुगेको छ । पोखरा २ संक्रमित कामना बिकाश बैंक, दीप शाखामा कार्यरत छन् भने वडा नं. ३ का संक्रमित एभरेस्ट बैंक,… पुरा पढौ

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काग्रेस नेता, उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार उनले ट्वीटरमा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका हुन् । आफूलाई कोरोनाका लक्षण भने नदेखिएको उनले उल्लेख गरेका छन् । पुरा पढौ

पोखरामा फेरि अर्का संक्रमितको मृत्यु

पोखरा महानगरमा फेरि अर्का संक्रमितको मृत्यु भएको छ । पोखरा १६ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको सवा १२ बजे मृत्यु भएको हो । बिहीबार पोखरा १२ की ३२ वर्षीया संक्रमितको मृत्यु भएको थियो । आज मृत्यु भएकाती पुरुषमा मधुमेह, हाइपरटेन्सन लगायतका स्वास्थ्य समस्यासमेत रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । पुरा पढौ

पोखरा १६ का २ वृद्धमा संक्रमण, समुदायमै फैलिएको आशंका

पोखरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका १६ का ५२ र ६८ वर्षीय वृद्धलाई कोरोना देखिएको हो । पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहँदा कोरोना भाइरसको लक्षणपछि उनीहरुलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनीहरुमा संक्रमणको स्रोत नदेखिएको र समुदायमै कोरोना रहेको हुन सक्ने पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए। शुक्रबार बिहानै पोखरा महानगरपालिका १७ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं