पोखरा महानगरमा फेरि अर्का संक्रमितको मृत्यु भएको छ । पोखरा १६ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको सवा १२ बजे मृत्यु भएको हो ।

बिहीबार पोखरा १२ की ३२ वर्षीया संक्रमितको मृत्यु भएको थियो । आज मृत्यु भएका
ती पुरुषमा मधुमेह, हाइपरटेन्सन लगायतका स्वास्थ्य समस्यासमेत रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।




