डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको दम्पतीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएपछि उनीहरु ह्याम्स अस्पतालमा भर्ना भएका छन्। उनीहरु आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

उनले भने, ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौं ।’