प्रतिरक्षा प्रणाली, स्वतः प्रतिरोध क्षमता तथा जोर्नी रोग

हामी एकदम प्रतिकूल वातावरणमा बाँचिरहेका छौं, जुन धूलो, रसायन तथा सूक्ष्मजीवहरू जस्तै, भाइरस, ब्याक्टेरिया र ढुसीहरुले भरिएको छ। तिनीहरूले हामीलाई आक्रमण गर्छन् र हानी
पुर्‍याउँछन्। हाम्रो शरीरले लगातार यी आक्रमण र चोट विरुद्ध आँफुलाई बचाऊँछ। यो कार्य प्रतिरक्षा प्रणाली (Immune system) द्वारा प्रभावकारीरूपमा गरिएको हुन्छ। रक्षाको अतिरिक्त, प्रतिरक्षा प्रणालीले अन्य धेरै नियामक कार्यमा पनि भाग लिन्छ।

प्रतिरक्षा प्रणाली, कोषहरू, लिम्फोइड अंगहरू र थुप्रै प्रोटिन तथा गैर-प्रोटीनहरू मिलेर बनेको हुन्छ। श्वेत रक्त-कोषिकाहरु जस्तै लिम्फोसाइट्स, न्युट्रोफिल्स, म्याक्रोफेज र अन्य कोषहरुले प्रतिरोधात्मकरुपमा सक्रिय कोषहरु बनाउँछन्। लिम्फ नोडहरु र फियो प्रतिरोधात्मक प्रतिक्रियाका केन्द्रबिन्दु हुन्। थाइमस र अस्थि-मज्जा (मासी), रक्तसञ्चारमा जानुअघि प्रतिरक्षा-सक्षम कोषहरूको विकास, छनौट र प्रशिक्षण हुने मुख्य स्थानहरू हुन्। यी कोषहरू केहि स्थान बाहेक सम्पूर्ण शरीरमा फैलन्छन्।

रक्षा प्रणाली आफुँ र गैर तत्वहरुबाट पहिचान गर्न एक अंतर्निहित संयन्त्रद्वारा सुसज्जित हुन्छ्। तिनीहरूले आक्रमणकर्ता जीवहरू पहिचान गर्छन् र उचित प्रतिरोधात्मक प्रतिक्रिया देखाउँछन्। एक पटक आक्रमणकारी जीव हटेपछि सम्पूर्ण आक्रमण बिस्तारै नियमन (down regulated) हुन्छ र त्यसपछि निको हुने प्रक्रिया शुरु हुन्छ। यी आक्रमण सटीक र विशेष हुन्छन्।

हामी एकदम प्रतिकूल वातावरणमा बाँचिरहेका छौं, जुन धूलो, रसायन तथा सूक्ष्मजीवहरू जस्तै, भाइरस, ब्याक्टेरिया र ढुसीहरुले भरिएको छ।

यसका अतिरिक्त प्रतिरक्षा प्रणालीले तिनीहरूलाई दीर्घकालीन रुपमा स्मृतिमा राख्दछ। याद गरिएको प्रतिक्रियाले दोस्रो पटकको आक्रमण विरूद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गर्दछ र प्रतिरक्षा प्रणालीलाई यस्तै अवस्था देखापरेमा आफ्नो प्रतिक्रिया सुधार्न मद्दत गर्दछ। यही सिद्धान्त खोपमा पनि उपयोग गरीन्छ।

स्वयं र गैर तत्वहरुलाई पहिचान गर्ने यस्तै सटीक संयन्त्रको बावजुद प्रतिरक्षा प्रणालीले शरीरको केही अंश बिरूद्ध प्रतिरोधात्मक प्रतिक्रिया विकास गर्न सक्छ। आफ्नै तत्वहरूको विरूद्ध प्रतिरोधात्मक क्षमताको विकास गर्ने प्रक्रियालाई स्वत: प्रतिरक्षा (autoimmunity) भनिन्छ।
‘कुन कुराले स्वत:प्रतिरक्षालाई उत्तेजित गर्दछ?’ भन्ने प्रश्न अनुत्तरित नै छ। स्वत: प्रतिरक्षाका कारणहरू धेरै छन्। नियामक संयन्त्रमा गडबडी एउटा सामान्य कारण मानिएको छ।

अन्य कारणहरूमा: आनुवंशिक संवेदनशीलता (genetic susceptibility), आतिथेय (host) र संक्रमित सूक्ष्मजीवहरू (infective microorganisms) बीचको आणविक नक्कल (molecular mimicry), भाइरस एवं अन्य संक्रमणहरूद्वारा प्रतिरक्षा प्रणालीको अविशेष उत्तेजना (nonspecific stimulation)।

आफ्नै तत्वहरूको विरूद्ध प्रतिरोधात्मक क्षमताको विकास गर्ने प्रक्रियालाई स्वत: प्रतिरक्षा (autoimmunity) भनिन्छ।

भाग्यवस, ज्यादातर स्वत: प्रतिरक्षा प्रतिक्रिया गम्भीर रोगको रूपमा विकसित हुँदैनन्। स्वत: प्रतिरक्षाद्वारा उत्पादित रोगहरू विभिन्न कारकहरूमा निर्भर गर्दछ। यदि लक्ष्य थाइरोइड जस्तो एकल अंग हो भने, स्वत: प्रतिरक्षा या त उक्त अंगलाई क्षति पुर्‍याउँछ र यसको असर कम गर्दछ वा उत्तेजित गरी यसलाई बढाउँदछ। उदाहरण को लागी, थाइरोइड ग्रंथि को विनाशले hypothyroidism को विकास (थाइरोइड हार्मोनको उत्पादनमा कमी)।

यस्ता प्रकारका स्वत: प्रतिरक्षा रोगहरूलाई अंग-विशेष स्वत: प्रतिरक्षा (organ-specific autoimmunity) भनिन्छ। जब लक्ष्य अविशिष्ट हुन्छ र धेरै अंगहरू समावेश गर्दछ, तब यसलाई गैर-अंग विशिष्ट (non-organ specific) स्वत: प्रतिरक्षा भनिन्छ। बहुसंख्यक गैर-अंग विशिष्ट स्वत: प्रतिरक्षा मध्य जोर्नी, मिर्गौला र आँखा सामान्य लक्ष्य हुन्। अन्य प्रणालीहरू पनि संलग्न हुन्छन्।

स्वत: प्रतिरक्षा धेर-थोर विद्रोहसँग मिल्दोजुल्दो देखिन्छ, जहाँ सेनाले आफ्नै देश विरुद्ध आक्रमण गरिरहेको छ। कल्पनै गर्न नसकिने यस्तो कुरालाई स्वीकार गर्न चिकित्सा वैज्ञानिकहरूलाई लामै समय लग्यो। तर, यो देखा पर्नु र पुनरावृत्ति हुनु अपेक्षित भन्दा धेरै हुन्छ।

यो कुनै संक्रामक, संक्रमित जीवको कारणले नभएकोले यो एक व्यक्तिबाट अर्कोमा फैलिंदैन।

यी रोगहरू प्रायः परिवार भित्र समूहूमा देखिन सक्छ। जसका आमाबुवा मध्य एक प्रभावित छन्, तिनमा यो रोगको जोखिम बढी हुने गर्दछ्। जोखिम पारिवारिक इतिहास बिनाको व्यक्ति भन्दा ५-१० गुणा बढी हुन्छ। यो विरामीमा देखिने सबैभन्दा ज्यादा चिन्ताको विषय हो, विशेष गरी संबन्धित आमाहरुमा। यो कुनै संक्रामक, संक्रमित जीवको कारणले नभएकोले यो एक व्यक्तिबाट अर्कोमा फैलिंदैन।

केहि तथ्यहरू रोचक छन् र स्वत: प्रतिरक्षा रोगमा याद गर्नुपर्छ।
 दोष प्रणाली भित्र छ र कुनै बाह्य कारकको निरन्तर भूमिका हुँदैन।
 रोगको लक्षण कम र ज्यादा हुनु यी रोगहरूका विशेषता हुन्।
 सामान्यतया, प्रतिरक्षा दमन (immune suppression) र प्रतिरक्षा मिलाउने (immune modulator) औषधिहरू तिनीहरूलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ।
 रोगको भविष्यवाणी (prognosis) लक्षित अंगहरू, हद र स्वत: प्रतिरक्षाको तीव्रतामा निर्भर गर्दछ।

स्वतः प्रतिरक्षा रोगहरु जो सुरुमा जोर्नी दुखाइका साथ देखा पर्छन्, ती रोगको अलग्गै उपचार आवश्यक हुन्छ ।

जोर्नीको संलग्नता या त प्रत्यक्ष लक्षको रूपमा वा अतिरिक्तको रूपमा सामान्यतया धेरै गैर-अंग विशिष्ट स्वत: प्रतिरक्षा रोगहरूमा देखिन्छ। रक्तवाहिनी सहनशीलता (vascular permissiveness) र प्रतिरक्षा मिश्र (immune complexes) जम्मा हुने प्रवृत्ति जोर्नी असर गर्ने सम्भावित कारणहरु हुन्। गठिया वाथ (rheumatoid arthritis) जस्ता केही अवस्थामा, प्रमुख लक्ष्य जोर्नी हो। जबकि, लुपस (systemic lupus erythematosus) जस्ता रोगहरूमा, लक्ष्य मिर्गौला हो।

यसैले स्वतः प्रतिरक्षा रोगहरु जो सुरुमा जोर्नी दुखाइका साथ देखा पर्छन्, ती रोगको अलग्गै उपचार आवश्यक हुन्छ । त्यस्ता रोगका उपचारमा केही औषधिहरू सामेल छन् जसले प्रतिरक्षा प्रणालीको कार्यमा हस्तक्षेप गर्दछन्। निसन्देह यसको उपचारमा निश्चित जोखिम छन्, तर यदि उचित रूपमा प्रयोग गरियो भने राम्रो परिणाम दिन्छ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।