मणिपालका डाक्टरलाई कोरोना संक्रमण

पोखरा महानगरपालिका, फूलबारीमा रहेको मणिपाल अस्पातालमा कार्यरत १ डाक्टरमा कोरोना संक्रमण भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले मणिपालका २६ वर्षीय पुरुष डाक्टरलाई कोरोना भएको जनाएको हो ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०६५ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जना संक्रमित फेला परेका हुन् । लमजुङको बेशीसहरमा कार्यरत ८ नेपाल प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।