स्वास्थ्य

पोखराका २ पर्यटक प्रहरीलाई कोरोना

पोखरा महानगरपालिका १७ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान संक्रमण पुष्टि गरेका दुवै पर्यटक प्रहरी हुन् । निर्देशनालयले क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिएको जनाएको हो । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ७२ छ । पुरा पढौ

चितवनका सङ्क्रमितमध्ये ८५ जना स्वास्थ्यकर्मी

दैनिक वढ्दै गएको कोरोना सङ्क्रमणमा जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बढी प्रभावित भएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार रातिसम्म आएको सङ्क्रमितको तथ्याङ्कमा १८ प्रतिशत अस्पतालकै स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ४७१ मध्ये ८५ जना स्वास्थ्यकर्मी छन् । उहाँहरु जिल्लाका विभिन्न अस्पतालमा कार्यरत छन् । सोमध्ये सबैभन्दा बढी वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका २६, चितवन मेडिकल कलेज र पुरानो… पुरा पढौ

कोभिड १९: नेपालमा थप ८ जनाको मृत्यु – मृतकको संख्या १८३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएसंगै मृतकको संख्या १८३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्य हुने ८ जनामध्ये ५ जना महिला र ३ पुरुष छन् । जसमा काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, कास्कीकी ३२ वर्षीय एक महिला, कपिलवस्तुका ५० वर्षीय पुरुष, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष, रुपन्देहीकी… पुरा पढौ

पोखरा १२ की मृतकमा अन्य रोग थिएन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा बिहीबार कोरोनाबाट एक महिलाको मृत्यु भयो । ती ३२ वर्षीय महिलामा अन्य स्वास्थ्य समस्या नरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । युवावस्थामै अन्य रोगबिना कोरोनाकै कारण मृत्यु गण्डकीको यो पहिलो घटना हो । पोखरा १२ की ती महिला करिब २ हप्तादेखि अस्पतालको आईसियुमा उपचाररत रहेको र अन्य स्वास्थ्य समस्या नदेखिएको पोखरा महानगरका स्वास्थ्य… पुरा पढौ

पोखरा ११ की महिलाको कोरोनाबाट मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । अस्पतालको आईसियुमा उपचाररत पोखरा महानगरपालिका ११ की ३२ बर्षिया महिलाको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताए । भदौ ७ गते उपचारका लागि अस्पताल आएकी उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौ व्यक्ति हुन् भने पोखराको तेस्रो… पुरा पढौ

लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई १० दिनमा डिस्चार्ज गरिने

सरकारले लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने भएको छ । सबै प्रदेशका सामाजिक विकास मन्त्रालय र कोभिड अस्पताललाई पत्राचार गरी १० मा गरी डिस्चार्ज गर्न र पोजेटिभ आएमा थप चार दिन अस्पतालमा राखि परीक्षण नै नगरी डिस्चार्ज गर्न पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । पत्राचार अनुसार विरामी डिस्चार्ज नभएमा सरकारले सोधभर्ना नव्यहोर्ने पनि भएको छ । पुरा पढौ

बेंसीसहरमा आजबाट एक सातासम्म निषेधाज्ञा

कोरोना संक्रमण बढ्दै गएपछि लम्जुङको बेसीसहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय लम्जुङले आज दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ ६ बजेसम्मको लागि नगरपालिकाको वडा नं। २, ३, ७ र ८ का बजार क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला कोभिड­१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्थानीय ऐन २०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन, २० दफा २ बमोजिम सो… पुरा पढौ

पोखरा १७ का संक्रमित होटल क्वारेन्टिनमा थिए

पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा १७ का कोरोना संक्रमित होटल क्वारेन्टिनमा रहेका युवा हुन् । महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले होटल क्वारेन्टिनमा रहेका २८ वर्षीय पुरुषमा संक्रमण भएको पुष्टि गरे । उनी ९ दिनअघि भारतबाट आएका थिए । भारतीय सेनामा कार्यरत उनी छुट्टीमा आएर होटल क्वारेन्टाइनमा थिए । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ५२ पुगेको छ । पुरा पढौ

साई अर्चना अस्पतालका सुरक्षा गार्डलाई कोरोना

पोखरा ११ को साई अर्चना अस्पतालमा कार्यरत एक सुरक्षा गार्डलाई बुधबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ । ४६ वर्षीय ती पुरुषलाई सुरुमा टाइफाइड भएको थियो । ज्वरो आउन थालेपछि पछिल्लो ५ दिनदेखि उनी अस्पताल नआएको अस्पतालकी डाक्टर अर्चना इन्दु पुनले जानकारी दिइन् । बेला बेलामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब जाँच गरिहेको जानकारी दिँदै उनले सरकारले निर्देशन गरेका सुरक्षा मापदण्डहरु लागू गरिएको बताइन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार… पुरा पढौ

लमजुङमा कार्यरत २० सैनिकलाई संक्रमण

लमजुङमा कार्यरत २० नेपाली सैनिकलाई कोरोना संक्रमण भएको छ । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका ३ जिल्लाका ३२ जनामा संक्रमण देखिएको हो। लमजुङका २३, पूर्वीनवलपरासीका ७ र कास्कीका २ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये लमजुङका २० जना नेपाली सेनामा कार्यरत व्यक्ति रहेको निर्देशनालयले जनाएको छ। पोखरा ११ का ४६ वर्षीय पुरुष साई अर्चना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं