स्वास्थ्य

पोखरामा संक्रमण डरलाग्दो, निषेधाज्ञाको मोडालिटी फेर्ने तयारी

पोखरा महानगरभित्र शनिबारमात्रै १६ संक्रमित फेला परे । कास्कीमा जारी निषेधाज्ञा आइतबार मध्यराति सकिँदै छ । अब निषेधाज्ञा थपिएला कि हट्ला, सबैमा चासो छ । महानगरका मेयर मानबहादुर जिसी निषेधाज्ञाले मात्र समस्या समाधान नहुने भएकाले मोडालिटी परिवर्तन हुन सक्ने बताउँछन् । जिसीले भने, ‘डरलाग्दो अवस्था छ । भुसको आगो जसरी संक्रमण फैलिएको छ ।’ संक्रमणको जोखिमलाई हेरेर महानगरले आइसोलेसन बढाउने लगायतका तयारी गरको उनको भनाइ छ । आईतबार बिहान कोभिड–१९… पुरा पढौ

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए

पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना संक्रमण भेटिएको छ। काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । अब उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १२ पुगेको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो… पुरा पढौ

दाहसंस्कारपछि कोरोना पुष्टि, सबै मलामी क्वारेन्टिनमा

सिरहाका एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। मिर्चैया नगरपालिका वडा नं ४ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भदौ ३ गते मृत्यु भएका ती पुरुषमा शुक्रबार राति कोरोना पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले बताए । भदौ २ गते गाउँमै उनको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाइएको थियो। उनको पिसिआर रिपोर्ट नआउँदै भदौ ३ गते मृत्यु भएको प्रजिअ कणेलले… पुरा पढौ

पोखरामा शनिबारै थपिए १६ संक्रमित

पोखरा महानगरमा शनिबारै १६ जनामा कोरोना पुष्टि भएको छ । पहिलो अध्यावधिक विवरण अनुसार पोखरा ९ की एक ६ वर्षीया बालिका कोरोना संक्रमित भएकी थिइन् । वडा नं. ९ कै ६१ वर्षीया महिला पनि संक्रमित भएकी छिन् । पोखरा ४ का ३५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा नयाँ १३ संक्रमित फेला परेका छन् । अब गण्डकी प्रदेशमा कोरोना… पुरा पढौ

पोखरा ९ की ६ वर्षकी बालिका संक्रमित

पोखरा ९ की एक ६ वर्षीया बालिका कोरोना संक्रमित भएकी छिन् । पछिल्लो अपडेट अनुसार ९ कै ६१ वर्षीया महिला पनि संक्रमित भएकी छिन् । यस्तै, पोखरा ४ का ३५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८५५ पुगेको छ । पुरा पढौ

नेपालमा कोरोना संक्रमित साढे ३० हजार, थप ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । अब कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १… पुरा पढौ

बेड नहुँदा घरमै बसेका संक्रमितको मृत्यु

विराटनगर महानगरपालिकामा कोभिड १९ संक्रमित पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले विराटनगर ६ सरौचियाका ती पुरुषको बिहीबार राती मृत्यु भएको जानकारी दिए। भदौ ३ गते पोजेटिभ आएसँगै उनी होम आइसोलेसनमा बसेका दिए। ती पुरुषको परिवारमा श्रीमती, २ छोरी र १ छोरा छन् । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी भए पनि बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि घरमै संक्रमितले ज्यान… पुरा पढौ

अस्पतालले भर्ना लिन नमान्दा युवकको मृत्यु

अस्पतालले भर्ना लिन नमानेपछि जनकपुरधाममा फेरि युवकको मृत्यु भएको छ। मंगलवार दिउँसो उपचारका लागि प्रादेशिक अस्पताल पुग्दा अस्पतालले भर्ना लिन मानेन । किडनीमा समस्या भएर त्यहाँ पुगेका धनुषाको सबैला नगरपालिका वडा नं। २ का ३२ वर्षीय प्रमोद महतोको मृत्यु भएको छ । प्रमोदका आमाबुवाले पटक पटक त्यहाँ भएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई उपचारका लागि बिन्ती गरेका थिए । अस्पतालको गेटबाट भित्रसमेत पस्न नदिएको प्रमोदका बुवा जोगेन्द्रले बताए । मंगलबार प्रादेशिक अस्पतालमा… पुरा पढौ

पोखरा ५ को एकै परिवारका १३ जना संक्रमित

पोखरा ५ मा एकै परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ । २४ गते संक्रमण पुष्टि भएकी एक सहकारीमा काम गर्ने महिलाको परिवारका २ सदस्यमा आज संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक तथा १६ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आज पुष्टि भएका किशोर ती महिलाका देवरका छोरा र किशोरी देवरकै छोरी हुन् । यसअघि ती महिलाका… पुरा पढौ

स्याङ्जामा ड्युटी गरी फर्केका १६ सशस्त्र प्रहरीलाई कोरोना

स्याङ्जामा ड्युटी गरी प्रदेश प्रहरी गण पोखरा फर्किएका १६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । उनीहरु क्वारेन्टिनमा रहेको र अब आइसोलेनमा लैजाने तयारी भएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा ७ का १६ जनामा एकै पटक कोरोना पुष्टि गरेका उनीहरु सबै पुरुष हुन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१२ पुगेको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं