नेपालमा कोरोना संक्रमित साढे ३० हजार, थप ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

अब कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।