स्वास्थ्य

अस्पतालले भर्ना लिन नमान्दा युवकको मृत्यु

अस्पतालले भर्ना लिन नमानेपछि जनकपुरधाममा फेरि युवकको मृत्यु भएको छ। मंगलवार दिउँसो उपचारका लागि प्रादेशिक अस्पताल पुग्दा अस्पतालले भर्ना लिन मानेन । किडनीमा समस्या भएर त्यहाँ पुगेका धनुषाको सबैला नगरपालिका वडा नं। २ का ३२ वर्षीय प्रमोद महतोको मृत्यु भएको छ । प्रमोदका आमाबुवाले पटक पटक त्यहाँ भएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई उपचारका लागि बिन्ती गरेका थिए । अस्पतालको गेटबाट भित्रसमेत पस्न नदिएको प्रमोदका बुवा जोगेन्द्रले बताए । मंगलबार प्रादेशिक अस्पतालमा… पुरा पढौ

पोखरा ५ को एकै परिवारका १३ जना संक्रमित

पोखरा ५ मा एकै परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ । २४ गते संक्रमण पुष्टि भएकी एक सहकारीमा काम गर्ने महिलाको परिवारका २ सदस्यमा आज संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक तथा १६ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आज पुष्टि भएका किशोर ती महिलाका देवरका छोरा र किशोरी देवरकै छोरी हुन् । यसअघि ती महिलाका… पुरा पढौ

स्याङ्जामा ड्युटी गरी फर्केका १६ सशस्त्र प्रहरीलाई कोरोना

स्याङ्जामा ड्युटी गरी प्रदेश प्रहरी गण पोखरा फर्किएका १६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । उनीहरु क्वारेन्टिनमा रहेको र अब आइसोलेनमा लैजाने तयारी भएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा ७ का १६ जनामा एकै पटक कोरोना पुष्टि गरेका उनीहरु सबै पुरुष हुन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१२ पुगेको छ । पुरा पढौ

पोखरा ७ मा एकै पटक १६ जनामा संक्रमण

पोखरा ७ का १६ जनामा एकै पटक कोरोना पुष्टि भएको छ । उनीहरु सबै पुरुष हुन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१२ पुगेको छ । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले ती संक्रमित स्थानीय नभएको तर्क गरे । विभिन्न सरकारी कार्यालयका कर्मचारी हुन सक्ने उनको अनुमान छ । पुरा पढौ

पोखरा ४ का संक्रमित होम आइसोलेसनमा, १९ वर्षीय संक्रमित फेला परे

बुधबार कोरोना पुष्टि भएका पोखरा ४ का ४७ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका छन् । यस्तै, कोरोना देखिएपछि सम्पर्कविहीन भएका १८ वर्षे पुरुष फेला परेका छन्। काम गर्न ३ दिन पहिले पोखरा आएका उनलाई ठेकेदारले कोरोना जाँच गराउन भनेका थिए । ती संक्रमित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफ्नो रिपोर्ट लिन पुगेको पोखरा महानगरपालिका वरिष्ठ अधिकृत हरिलाल आचार्यले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयले ती संक्रमित वडा नम्बर २४ का भने पनि उनी… पुरा पढौ

निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस्

आज राति १२ बजेदेखि उपत्याकाका जिल्ला प्रशाशन कार्यालयहरुले निषेधाज्ञा लागु गर्दैछन् | काठमाडौं उपत्याका बाहेक देशका धेरै ठाउँमा पनि निषेधाज्ञा लागु भएको छ, हुँदैछ | निषेधाज्ञा भनेको कर्फ्यु नै हो | संक्रमित थोरै हुँदा लकडाउन खुकुलो हुनुलाई स्वाभाविक मानिए पनि संक्रमण बढिरहेको समयमा गरिने निषेधाज्ञा फितलो नहोस् | जे गर्ने हो त्यो १०० % गर्नुपर्छ | जे नगर्ने हो त्यो १०० % क्लियर गर्नुपर्छ | यसले आम जनतामा दोधार उत्पन्न… पुरा पढौ

कोरोना पुष्टि भएका भारतीय मोवाइल अफ गरेर सम्पर्कविहीन

पोखरा महानगरमा थप ४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका पोखरा २४ का भनिएका १८ वर्षीय पुरुष भारतीय हुन् । उनी फोनमा कुरा गर्दागर्दै फोन अफ गरेर सम्पर्कविहीन भएका छन् । पोखरा महानगर स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले भने, उनले ठेगाना बताउन पनि सकेनन् । कुरा गर्दा गर्दै मोबाइल अफ भयो ।’ उनले आफू कहिले अर्जुनचोक त कहिले गगनगौडा भएको बताएका थिए । ती… पुरा पढौ

२ नेपाली सैनिकमा कोरोना पुष्टि, पोखराको सैनिक अस्पतालमा उपचार हुँदै

पोखरा महानगरमा थप ५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा १२ मा २ जना, १४ मा १ जना र ४ मा १ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएका पोखरा १२ का ३७ र ४० वर्षका २ पुरुष नेपाली सैनिक भएको पोखरा महानगर स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले जानकारी दिए । बिरामी भएर स्याङ्जाबाट उपचारका लागि सैनिक अस्पताल पोखरा आएका उनीहरुका कोरोना पुष्टि भएको… पुरा पढौ

पोखरामा थपिए ४ संक्रमित

पोखरा महानगरमा थप ५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा १२ मा २ जना, १४ मा १ जना र ४ मा १ जनामा संक्रमण पुष्टि भएको हो । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८३ पुगेको छ । पुरा पढौ

एकै दिन १ हजार १६ संक्रमित फेला

नेपालमा एकै दिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे।  काठमाडौं उपत्यकामा भने २ सय ५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ। विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन्। यीसहित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं