
स्याङ्जामा ड्युटी गरी प्रदेश प्रहरी गण पोखरा फर्किएका १६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ ।
उनीहरु क्वारेन्टिनमा रहेको र अब आइसोलेनमा लैजाने तयारी भएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा ७ का १६ जनामा एकै पटक कोरोना पुष्टि गरेका उनीहरु सबै पुरुष हुन् ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१२ पुगेको छ ।