पोखरा महानगरमा थप ५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा १२ मा २ जना, १४ मा १ जना र ४ मा १ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएका पोखरा १२ का ३७ र ४० वर्षका २ पुरुष नेपाली सैनिक भएको पोखरा महानगर स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले जानकारी दिए । बिरामी भएर स्याङ्जाबाट उपचारका लागि सैनिक अस्पताल पोखरा आएका उनीहरुका कोरोना पुष्टि भएको हो ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८३ पुगेको छ ।




