पोखरा महानगरमा थप ४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि भएका पोखरा २४ का भनिएका १८ वर्षीय पुरुष भारतीय हुन् । उनी फोनमा कुरा गर्दागर्दै फोन अफ गरेर सम्पर्कविहीन भएका छन् । पोखरा महानगर स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले भने, उनले ठेगाना बताउन पनि सकेनन् । कुरा गर्दा गर्दै मोबाइल अफ भयो ।’

उनले आफू कहिले अर्जुनचोक त कहिले गगनगौडा भएको बताएका थिए । ती युवा सम्पर्कविहीन भएपछि उनको खोजीका लागि विभिन्न उपाय अवलम्बन गरिएको महानगर स्वास्थ्य शाखाले जनाएको छ ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८३ पुगेको छ ।





