स्वास्थ्य

पोखरा १६ का एक संक्रमितको मृत्यु

पोखरा १६ का एक संक्रमितको मंगलबार मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको आइसोलनमा उपचारका क्रममा मृत्यु भएको हो । ३२ गते उपचारका लागि भर्ना भएका यी ८७ वर्षीय वृद्धमा मधुमेह, मृगौला लगायतका समस्या थिए ।सोमबार तनहुँको ब्यास १ की वर्ष ५० वर्षीया महिलाको मृत्यु भएको थियो। अब गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १७६५ पुगेको छ  पुरा पढौ

कोरोनाबाट कांग्रेस जिल्ला उपसभापतिको मृत्यु

कोरोना भाइरस संक्रमण भएका नेपाली कांग्रेस नवलपरासी उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलवार बिहान मृत्यु भएको हो । संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पताल लगेर उनलाई भेन्टिलेटरमा राखिएको थियो । पुरा पढौ

पोखराको अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

पोखराको कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । साउन ३२ गते देखी सो अस्पतालमा उपचार रत तनहुँ व्यास नगरपालिका १ कि ५० बर्षीय महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो । उनको सोमबार राति साढे ११ बजे अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । मधुमेह र मुटुरोगको समस्या रहेकी उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको अस्पतालले जनाएको छ । मृत्यु पोखरामा… पुरा पढौ

रुपा गाउँपालिका ७ दिनलाई सिल

रुपा गाउँपालिका ७ दिनलाई सिल गरिएको छ । सोमबारबाट लागू हुने गरी ७ दिनलाई पालिका सिल गरिएको आइतबार गाउँपालिकाले सूचना जारी गरी प्रष्ट पारेको छ । कोरोना संक्रमण बढेपछि अत्यावश्यक बाहेकका सवारी र खाद्यान्न बाहेक अन्य उद्योग, व्यवसाय सञ्चालनमा रोक लगाइएको हो । पुरा पढौ

तीज र कुशे औंशीले संक्रमण बढाउन सक्छ

अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं | हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन् | को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरि थाहा हुँदैन | तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु | त्यस्तै दर खाने नाममा अपच हुनेगरि गरिष्ठ भोजन सेवन गरेमा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुनेछ हल्का र सधैझैँ सामान्य खाना खाने… पुरा पढौ

समुदायमा संक्रमण देखिएपछि पोखरा सिल गर्ने तयारी

पोखरा ५ मा आइतबार मात्रै ७ जनामा कोरोना देखियो । नगरभरि २२ जनामा संक्रमण देखियो । समुदायमा नै संक्रमण देखिन थालेपछि महानगरले सिल गर्ने तयारी गरेको छ । समुदायस्तरमै कोरोना संक्रमित भेटिन थालेपछि महानगर नै सिल गर्ने तयारी भएको मेयर मानबहादुर जिसीले नेपालदुतलाई बताए । आइतबारको सर्वदलीय बैठकमा लकडाउन कडा गर्नेबारे छलफल भएको उल्लेख गर्दै उनले केही दिनमै लकडाउन कडा गरिने जनाए । नेकपा कास्की सचिव बखानसिंह तमुले हाल कोरोनाको… पुरा पढौ

राजधानीमा एकै दिन थपिए पौने २ सय संक्रमित, स्थिति भयावह बन्दै

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ सय ३४ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या  १७ हजार ३ सय ३५  पुगेको छ । पुरा पढौ

कोभिडको इपिसेन्टर बन्दै पोखरा, आइतबारै थपिए २२ संक्रमित

पोखरामा आइतबारमात्र थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान साढे ६, साढे ९ र दिउसो ३ः५० बजे जारी गरेको प्रेस बिज्ञप्तिमा जम्मा २२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। १ दिनमै २२ जनामा संक्रमण पुष्टि भयको यो पहिलो रेकर्ड हो । बिहान ५ जना, दोस्रो अपडेटमा ५ जान र दिउसो १२ जना गरी कुल २२ जानमा संक्रमण पुष्टि भएको हो। पुरा पढौ

चितवनमा डाक्टर र नर्ससहित थप २७ जनामा कोरोना पुष्टि

चितवनमा डाक्टर र नर्ससहित एकैदिन थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका २१ जना छन् । भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा चिकित्सक र… पुरा पढौ

पोखरामा १० सहित गण्डकी प्रदेशमा १५ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा आइतबार बिहान थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका १० जना र तनहुँका ५ जनामा कोरोन संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५१ र ५२ बर्षिय पुरुष, वडा नम्बर ३२ मा ८६ बर्षिय महिलामा, वडा नम्बर २८ मा ३८ बर्षिय पुरुषमा, वडा नम्बर २६ मा ५३ पुरुषमा कोरोना देखिएको शर्माले बताए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं