पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १ सय ३४ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ ।




