कोरोनाबाट कांग्रेस जिल्ला उपसभापतिको मृत्यु

कोरोना भाइरस संक्रमण भएका नेपाली कांग्रेस नवलपरासी उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।

३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलवार बिहान मृत्यु भएको हो । संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पताल लगेर उनलाई भेन्टिलेटरमा राखिएको थियो ।