पोखराको अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

पोखराको कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

साउन ३२ गते देखी सो अस्पतालमा उपचार रत तनहुँ व्यास नगरपालिका १ कि ५० बर्षीय महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो ।

उनको सोमबार राति साढे ११ बजे अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । मधुमेह र मुटुरोगको समस्या रहेकी उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको अस्पतालले जनाएको छ ।

मृत्यु पोखरामा भएको कोरोना परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएको हो । नेपाली सेनाले आज उनको अन्तिम संस्कार तयारी गरेको छ । गण्डकी प्रदेशमा यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

अस्पताल बिरामी बसेको वार्डलाई सिल्ल गर्ने र उपचारमा संलग्न नर्स र डाक्टरलाई होम क्वारेन्टिनमा राखिने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेले जानकारी दिए । उनले अस्पतालले तत्काल स्वास्थ्य सेवा बन्द गरेर सुरक्षा बनाउन लाग्ने बताए ।