नेपालमा एकै दिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे।
काठमाडौं उपत्यकामा भने २ सय ५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ। विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ। विगत २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ।




