समुदायमा संक्रमण देखिएपछि पोखरा सिल गर्ने तयारी

पोखरा ५ मा आइतबार मात्रै ७ जनामा कोरोना देखियो । नगरभरि २२ जनामा संक्रमण देखियो ।

समुदायमा नै संक्रमण देखिन थालेपछि महानगरले सिल गर्ने तयारी गरेको छ । समुदायस्तरमै कोरोना संक्रमित भेटिन थालेपछि महानगर नै सिल गर्ने तयारी भएको मेयर मानबहादुर जिसीले नेपालदुतलाई बताए ।

आइतबारको सर्वदलीय बैठकमा लकडाउन कडा गर्नेबारे छलफल भएको उल्लेख गर्दै उनले केही दिनमै लकडाउन कडा गरिने जनाए । नेकपा कास्की सचिव बखानसिंह तमुले हाल कोरोनाको सङ्क्रमणको अवस्था, तत्काल आउदै गरेका चाडहरुमा हुन सक्ने भिड्भाड्लाई मध्यनजर गरी कम्तीमा १ हप्ता र आवस्यकता अनुसार सोभन्दा बढी बन्दाबन्दी गर्न सुझाव दिएको बताए ।

२४ र २० बाहेक महानगरका ३१ वडाका संक्रमित फेला परेका छन् । जिसीले भने, ‘समुदायमा राम्रैसँग कोरोना पुगिसकेको र चाडवाड नजिकिएकाले कडा कदम चाल्छौं ।’ सोमबार बैठक बसेर प्रशासनलाई उचित सिफारिस गरिने जिसीले जानकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।