कोभिडको इपिसेन्टर बन्दै पोखरा, आइतबारै थपिए २२ संक्रमित

पोखरामा आइतबारमात्र थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान साढे ६, साढे ९ र दिउसो ३ः५० बजे जारी गरेको प्रेस बिज्ञप्तिमा जम्मा २२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। १ दिनमै २२ जनामा संक्रमण पुष्टि भयको यो पहिलो रेकर्ड हो ।

बिहान ५ जना, दोस्रो अपडेटमा ५ जान र दिउसो १२ जना गरी कुल २२ जानमा संक्रमण पुष्टि भएको हो।