स्वास्थ्य

१ सङ्क्रमितबाट ९ जनामा स¥यो कोरोना

बागलुङ नगरपालिका­ ३ स्थित एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको छ । ती महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै जनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सर्तकता अपनाइएको छ भने भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा यही भदौ १५ गतेसम्म लम्बाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । सङ्क्रमित महिलाको… पुरा पढौ

नेपाल मेडिसिटीमा सुरु भयो पिसिआर जाँच

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा शुरु भएको छ । विश्वमा उत्कृष्ट पिसिआर, जिन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट मेडिसिटीले दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालले बताए । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको जाँदा मेडिसिटीले जाँच सुरु गरेको हो । यहाँको पिसिआर टेष्ट मेसिन… पुरा पढौ

साढे ४ हजार संक्रमित घरमै, आज थपिए ७४३ संक्रमित

कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार सोमबार देशभर ४ हजार ५ सय ६१ जना संक्रमित होम आइसोलेसनमा छन्। सबैभन्दा बढी प्रदेश २ मा ३ हजार ५ सय जना होम आइसोलेसनमा छन्। प्रदेश ५ मा २९८, प्रदेश १ मा २७३, बागमती प्रदेशमा ४३५, सुदूरपश्चिम प्रदेशमा २६, कर्णाली प्रदेशमा २१ र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा… पुरा पढौ

कोरोनाबिरुद्धको खोप र नेपालमा क्लिनिकल ट्र्याल

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार रुसको गेमेलियाले निर्माण गरेको खोप, अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरेको खोप तथा चीनको हङ सी कम्पनीले बिकास गरेको खोपलाई तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि इच्छा देखाएको बताएको छ |कर्तब्यनिष्ठ नागरिक तथा जनस्वास्थ्यकर्मी भएको नाताले मैले चीन, भारत, बेलायत, अमेरिका, रुस तथा युरोपियन युनियन अन्तर्गतका महामहिम राजदुतलाई नेपालमा तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि तथा नेपालमा ३ करोड खोप आबश्यकता रहेकोबारे अनुरोध गरेको थिएँ… पुरा पढौ

कोरोना जितेपछि नगरवासीलाई बचाउन लाग्ने मेयरको प्रतिवद्धता

गत साउन १४ मा संक्रमण भएका वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी २५ औँ दिनमा कोरोनामुक्त भएका छन्। उनको नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा पिसीआर रिपोर्ट नेगेटिभ आएको हो। सुरुमा उनलाई १२ दिन आईसीयुमा राखेरसमेत उपचार गरिएको थियो। ‘कोरोनामुक्त भएको छु, अब मेरो सबै ध्यान नगरवासीको स्वास्थ्यमा हुने छ,’ उनले भने। उनको सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो। सरावगीले केही दिनभित्रै महानगरवासीको सेवामा आफू जुट्ने बताए। पुरा पढौ

क्षेत्रीय अस्पतालको इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । इमर्जेन्सी बिभागमा कार्यरत ती ३९ बर्षीय पुरुष स्वास्थ्यकर्मी केहि दिनदेखि होटल क्वारेन्टाइनमा थिए । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन केन्द्रमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा विनोदविन्दु शर्माले बताए । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८० पुगेको छ । पुरा पढौ

महिनावारी पाप होइन

महिनावारी हुनु सृष्टिको शुरुवात हो। प्रजनन अङ्गको बिकासलाइ पापको नाम दिएर प्रकृति र बिज्ञान बिरोधी काम हुँदै आएको छ। महिनावारी हुँदा कतै छोएर गरेको पाप पखाल्न आज ऋषि पन्चमिको पुजा हुदैछ। हिजो अशिक्षा र अन्धबिश्वासले आमा ,हजुरआमाहरुले यो सस्कार मान्न बाध्य हुनु भो। आजको शिक्षित आधुनिक युबा पुस्तासमेत महिनावारीलाई पाप मानेर पन्चमी पुजामा मरिहत्ते गरेको देखेर अचम्म लागेर आउँछ। सुदुर पश्चिममा छाउपडी गोठ भत्काउन सजिलो छ तर समाजका बौद्धिक कहलाइएकाहरुको… पुरा पढौ

सेवा हस्पिटलको आइसियुमा उपचाररत बिरामी र नर्सलाई कोरोना संक्रमण

कास्की सेवा हस्पिटल पोखरा १२ मा उपचाररत बिरामी र नर्समा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान ३० र ३२ वर्षका २ महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । संक्रमित ३० वर्षीया नर्स पोखरा १४ की बासिन्दा हुन् भने बिरामी ३२ वर्षीया महिला पोखरा १२ की बासिन्दा हुन् । ती नर्समा संक्रमितसँग सम्पर्कको आधारमा खोजपड्ताल गर्दा कोरोना पुष्टि भएको र बिरामीमा भने लक्षण देखिएपछि जाँच गरिएको… पुरा पढौ

औपचारिकता निभाउंदा संक्रमण बढेको छ

औपचारिकता निभाउँदा र अरुले के भन्लान् भनेर अनिच्छापूर्वक सामाजिक गतिविधिमा सहभागी हुने हाम्रो बानीले कोरोना संक्रमण बढिरहेको पाटोलाई हामीले बिर्सिनुहुँदैन |- चाडपर्वमा आफन्त नबोलाउँदा वा आफन्तको घरमा नजाँदा के भन्लान् ? के सोंचलान् ? पीर मान्ने हुन् कि ? भनेर हामी आफ्नो इच्छाविपरित चाडपर्व मनाउने गरेका छौं | यो सोंच महामारीको समयमा आत्मघाती सोंच हो | तीजको दर खान बोलाएका ब्यक्ति नै संक्रमित रहेको हामीले संचारमाध्यमार्फत सुनेका छौं | -… पुरा पढौ

पोखरामा संक्रमण डरलाग्दो, निषेधाज्ञाको मोडालिटी फेर्ने तयारी

पोखरा महानगरभित्र शनिबारमात्रै १६ संक्रमित फेला परे । कास्कीमा जारी निषेधाज्ञा आइतबार मध्यराति सकिँदै छ । अब निषेधाज्ञा थपिएला कि हट्ला, सबैमा चासो छ । महानगरका मेयर मानबहादुर जिसी निषेधाज्ञाले मात्र समस्या समाधान नहुने भएकाले मोडालिटी परिवर्तन हुन सक्ने बताउँछन् । जिसीले भने, ‘डरलाग्दो अवस्था छ । भुसको आगो जसरी संक्रमण फैलिएको छ ।’ संक्रमणको जोखिमलाई हेरेर महानगरले आइसोलेसन बढाउने लगायतका तयारी गरको उनको भनाइ छ । आईतबार बिहान कोभिड–१९… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं