गत साउन १४ मा संक्रमण भएका वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी २५ औँ दिनमा कोरोनामुक्त भएका छन्।
उनको नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा पिसीआर रिपोर्ट नेगेटिभ आएको हो। सुरुमा उनलाई १२ दिन आईसीयुमा राखेरसमेत उपचार गरिएको थियो।
‘कोरोनामुक्त भएको छु, अब मेरो सबै ध्यान नगरवासीको स्वास्थ्यमा हुने छ,’ उनले भने। उनको सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो। सरावगीले केही दिनभित्रै महानगरवासीको सेवामा आफू जुट्ने बताए।




