मनाङका शिक्षक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कोरोना संक्रमण मुक्त रहेको मनाङमा मंगलबार २ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीको साढे ३ बजेको अपडेट अनुसार निस्याङमा कार्यरत ५१ वर्षीय शिक्षक र चामेमा कार्यरत ४९ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । उनीहर दुवै पुरुष हुन् ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या २६६ पुगेको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या १९१३ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १६३९ छ । मंगलबार गण्डकीम २२ नयाँ संक्रमित थपिएका छन् ।