कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार सोमबार देशभर ४ हजार ५ सय ६१ जना संक्रमित होम आइसोलेसनमा छन्।
सबैभन्दा बढी प्रदेश २ मा ३ हजार ५ सय जना होम आइसोलेसनमा छन्। प्रदेश ५ मा २९८, प्रदेश १ मा २७३, बागमती प्रदेशमा ४३५, सुदूरपश्चिम प्रदेशमा २६, कर्णाली प्रदेशमा २१ र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २४६ महिला र ४९७ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमाका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १७१ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या अठार हजार आठ सय छ जना छ । यसको प्रतिशतमा ५८ प्रतिशत हुन्छ । देशभरका
प्रयोगशालाबाट २४ घण्टामा १०,२३४ जनाको पिसिआर परीक्षण गरिएको छ ।
आइसियुमा ११८ जना र भेन्टिलेटरमा १५ जनाको उपचार भइरहेको छ । उनीहरु सबै बाग्मती प्रदेशका हुन् । देशभर १३ हजार ७१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।




