ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा शुरु भएको छ । विश्वमा उत्कृष्ट पिसिआर, जिन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट मेडिसिटीले दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालले बताए ।
कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको जाँदा मेडिसिटीले जाँच सुरु गरेको हो । यहाँको पिसिआर टेष्ट मेसिन र टेष्ट प्रक्रियालाई नेपाल सरकारले मान्यता दिएको छ ।

पिसिआर टेष्टका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्न अनुरोध गरिएको छ जसका लागि ०१–४२१७७६६ मा सम्पर्क गर्न सकिन्छ । स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. अर्यालले बताए । उनले ओपिडी मार्पmत आउने र भर्ना भएका बिरामीका लागी पिसिआर टेष्ट गर्ने संयन्त्र फरक रहेको पनि उल्लेख गरे ।
साथै, विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर टेष्ट गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।




