लमजुङमा कार्यरत २० सैनिकलाई संक्रमण

लमजुङमा कार्यरत २० नेपाली सैनिकलाई कोरोना संक्रमण भएको छ । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका ३ जिल्लाका ३२ जनामा संक्रमण देखिएको हो।

लमजुङका २३, पूर्वीनवलपरासीका ७ र कास्कीका २ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये लमजुङका २० जना नेपाली सेनामा कार्यरत व्यक्ति रहेको निर्देशनालयले जनाएको छ।

पोखरा ११ का ४६ वर्षीय पुरुष साई अर्चना अस्पतालमा कार्यरत छन् भने मादीका ३९ वर्षीय पुरुष दुबईबाट आएका हुन् ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाइएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४५ पुगेको हो।