विराटनगर महानगरपालिकामा कोभिड १९ संक्रमित पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ।
महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले विराटनगर ६ सरौचियाका ती पुरुषको बिहीबार राती मृत्यु भएको जानकारी दिए। भदौ ३ गते पोजेटिभ आएसँगै उनी होम आइसोलेसनमा बसेका दिए।
ती पुरुषको परिवारमा श्रीमती, २ छोरी र १ छोरा छन् । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी भए पनि बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि घरमै संक्रमितले ज्यान गुमाएका हुन् ।
मृतकमा मधुमेह र उच्च रक्तचापको समस्या थियो। अब विराटनगर महानगरपालिकाभित्र कोभिड १९ संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।




