पोखरा ५ को एकै परिवारका १३ जना संक्रमित

पोखरा ५ मा एकै परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ । २४ गते संक्रमण पुष्टि भएकी एक सहकारीमा काम गर्ने महिलाको परिवारका २ सदस्यमा आज संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक तथा १६ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

आज पुष्टि भएका किशोर ती महिलाका देवरका छोरा र किशोरी देवरकै छोरी हुन् । यसअघि ती महिलाका जेठा ससुरा र सासू, साहिला ससुरा र सासू, श्रीमान् र उनकै २ छोराछोरीमा संक्रमण पुष्टि भइसकेको पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिइ ।

बिहीबारै पोखरा वडा नम्बर ८ का ४२ वर्षीय १ महिलामा समेत कोरोना संक्रमण देखिएको छ । पोखरा बाहिर नगएकी यी महिला उपचारका लागि फेवासिटी अस्पताल गएको महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय १८ पुगेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।