पोखरा ७ मा एकै पटक १६ जनामा संक्रमण

पोखरा ७ का १६ जनामा एकै पटक कोरोना पुष्टि भएको छ । उनीहरु सबै पुरुष हुन् ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१२ पुगेको छ । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले ती संक्रमित स्थानीय नभएको तर्क गरे । विभिन्न सरकारी कार्यालयका कर्मचारी हुन सक्ने उनको अनुमान छ ।