पोखरा महानगरभित्र शनिबारमात्रै १६ संक्रमित फेला परे । कास्कीमा जारी निषेधाज्ञा आइतबार मध्यराति सकिँदै छ । अब निषेधाज्ञा थपिएला कि हट्ला, सबैमा चासो छ ।
महानगरका मेयर मानबहादुर जिसी निषेधाज्ञाले मात्र समस्या समाधान नहुने भएकाले मोडालिटी परिवर्तन हुन सक्ने बताउँछन् । जिसीले भने, ‘डरलाग्दो अवस्था छ । भुसको आगो जसरी संक्रमण फैलिएको छ ।’
संक्रमणको जोखिमलाई हेरेर महानगरले आइसोलेसन बढाउने लगायतका तयारी गरको उनको भनाइ छ । आईतबार बिहान कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रले निषेधाज्ञाको मोडालिटीबारे निर्णय गर्ने उनले बताए ।
निषेधाज्ञा लम्ब्याउने कि मोडालिटी फेर्ने भन्ने विषयमा छलफल भइरहेको कास्कीका सिडिओ ज्ञानप्रसाद ढकालले बताए ।
सधै निषेधाज्ञा लाएर पनि चल्न नसकिने र खोल्दा कन्ट्याक्ट ट्रेसिङसमेत गर्न नसक्ने जोखिम आउन सक्ने उनको भनाइ छ । उनले विज्ञहरु र स्थानीय तहहरुसँगको छलफलपछि यसको टुंगो लाग्ने उनको भनाइ छ ।




