महिनावारी पाप होइन

महिनावारी हुनु सृष्टिको शुरुवात हो। प्रजनन अङ्गको बिकासलाइ पापको नाम दिएर प्रकृति र बिज्ञान बिरोधी काम हुँदै आएको छ। महिनावारी हुँदा कतै छोएर गरेको पाप पखाल्न आज ऋषि पन्चमिको पुजा हुदैछ।

हिजो अशिक्षा र अन्धबिश्वासले आमा ,हजुरआमाहरुले यो सस्कार मान्न बाध्य हुनु भो। आजको शिक्षित आधुनिक युबा पुस्तासमेत महिनावारीलाई पाप मानेर पन्चमी पुजामा मरिहत्ते गरेको देखेर अचम्म लागेर आउँछ।

सुदुर पश्चिममा छाउपडी गोठ भत्काउन सजिलो छ तर समाजका बौद्धिक कहलाइएकाहरुको दिमागमा भएको छाउपडी के ले , कसरी भत्काउने होला ? प्रबिधिको बिकाससङै छोरी भ्रुणमै हत्या गरि नजन्मदै गला रेटिन्छ। अबोध बालिकादेखि हजुरआमासम्म बलात्कार ,हत्या , हिंसाले नपुगेर सम्पुर्ण महिलाहरुलाइ नै अपराधी घोषणा गर्ने धार्मिक संस्कार मान्न जरुरी छैन।

आफ्नो अस्तित्व रक्षा अरु कसैले पनि लडेर ल्याइदिदैन। आफैं लड्नु पर्छ। आधा संसार अपमानित भएको समाजको विकास कसरी सम्भव छ ?

हिजो मार्क्सवाद साक्षी राखेर ,बन्दुक र किताब साटेर समानताको सन्सार निर्माण गर्ने कसम खाएर बिबाह गरेका योद्धाहरु सिउदो भरी सिन्दुरको लर्को , हिजो गोलिका माला भिर्ने गलामा छड्के तिलहरी ,पुजाको थाली बोकेर मन्दिरमा गै महिलाहरुको माहान चाड तिजको शुभकामना भनेको देखेर कुरिकुरी लागेर आउँछ। कमरेडहरु हामी लडेको समानताको सन्सार बन्न नसके पनि कम्तिमा पुजीवादी महिला जत्ती त बनौ।

प्रतिक्रान्तीपछि कता हो कता समाजका अरु महिला जति पनि हुन नसकेको देखेर धर्म अफिम हो भनेर मार्क्सले त्यसै भनेका होइन रहेछन। समाजवादपछि पनि महिला अधिकारको निम्ति अझै लड्नु पर्नेछ । राजनीतिक अधिकार , समानताको अधिकारका पाउनु अधि हरेक क्षेत्रमा स्वतन्त्रता र स्वाभिमानको लागि बिभेदका काला पर्दा च्यात्न एकजुट हौ। आफ्नो अस्तित्व रक्षा अरु कसैले पनि लडेर ल्याइदिदैन। आफै लड्नु पर्छ। आधा सन्सार अपमानित भएको समाजको बिकास कसरी सम्भब छ ?
रजस्वला भएकोमा अपराधबोध हैन गर्वबोध गरौ।

लेखक नेकपा(क्रान्तिकारी माओवादी) को पोलिट्ब्युरो सदस्य तथा अखिल नेपाल महिला सँघ(क्रान्तिकारी) कि केन्द्रिय अध्यक्ष हुनुहुन्छ ।